भेनेजयुलाको राजनीतिक अस्थिरता कायमै



काराकास,(एजेन्सी)
भेनेजुयलाका विपक्षी नेता गुआइदोल राष्ट्रपतिय चुनवामा धाँधल ितथा अनियमितता भएको आरेप लगाउँदै राष्ट्रपति निकोलस माडुरोका राजिनामा माग गर्दै विरोध प्रदर्शनको नेतृत्व गर्दै आएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका गुआइदोले जनवरीमा आफुलाई अन्तरिम राष्ट्रपति घोािष्त गरेका थिए । उनलाई अमेरिका र प्रमुख युरोपेली लगायत ल्याटिन अमेरिकी मुलुकहरुले पँर्ण रुपमा समर्थन गरेका थिए । तर सेनाको दरिलो साथ पाएका निकोलसलाई पनि चीन र रसिया लगायत विश्वका अन्य मुलुकको बलियो समर्थन रहेको छ ।

आन्तरिक राजनीतिक अस्थिरताका कारण भेनेजुयलाको आर्थिक स्थिती धराशायी हुनुका साथै त्यहाा खाद्यान्न तथा औषधि जस्ता मानविय अत्यावश्यक वस्तुको ठँलो अभाव देखियो । गुआइदोको नेतृत्वमा त्यस्ता सामग्री देश भित्रायाउने कार्यको सरकारी पक्षबाट रोकावट भयो ।

हालै अमेरिकी वरिष्ठ नाकावन्दि सम्बन्धी अधिकारी सिगल म्यान्डेल्करले अमेरिकाले भेनेजुयला माथि थप कडा नाकावन्दि लगाउन चाहेको बताएका छन् । निकोलसले भने अमेरिकी सहयोगलाई ठाडै अस्विकार गर्दै राजनीतिक हस्तक्षेपका लागि अमेरिका भेनेजुयलालाई विभिन्न किसिमका सहयोग गर्न आतुर रहेको आरोप लगाउने गरेका छन् । बरु अहिले आएर निकोलसकै पहलमा राजनीतिक अस्तव्यस्तताका कारण केहि दिन पँर्ण रुपमा ब्ल्याआउट समेत हुन पुगेको भेनेजुयलामा चीनबाट ठँलो परमाणमा औषधि आइपुग्न लागेको बताइएको छ ।
यसैबिच भेनेजुयलाका विपक्षी नेता हुवाँ गुआइदोमाथि आगामी पन्ध्र वर्षसम्म कुनै पनि सरकारी कार्यालयको ओहदा बस्न नपाइने गरी प्रतिवन्ध लगाइएको छ । तर राजनीतिक समिक्षकहरुका अनुसार यो प्रतिवन्ध त्यहाँको प्रचलित कानुनमा व्यास्था भएअनुसारको अधिकतम भएका ेबताइएको छ ।

सरकारी वित्त निकायका प्रमुख एल्भिस आमोरोसोले गुआइदोको व्यक्तिगत आर्थिर्क विवरणमा अनियमितता देखिएको बताएका छन् ।
उनले संयुक्त राज्य अमेरिका लगायत विश्वका पचासवटा भन्दा बढि राष्ट्रको समर्थन पाउन सफल भएक छन् । भेनेजुयलाको राजधानी काराकास स्थित विविसिका पत्रकार विल ग्रान्टका अनुसार यदि राष्ट्रिय सभाका ेअध्यक्षको कार्यकाल सकेपछि उनले पुन चुनाव लड्ने निर्णय गरेको खण्डमा उनी विरुद्धको यो प्रतिबन्ध कार्यान्वयन गरिने बताएका छन् ।

गुआइदोले आमोरोसोको घोषणा अस्विकार गर्दै उनी देशको महालेखा परिक्षक नभएको बताएका छन् । उनले वैधानिक कंग्रेससंग मात्र महालेखपरिक्षक नियुक्त गर्ने अधिकार हुने पनि बताएका छन् । गत साता गुआइदोका प्रमुख सहयोगी ४९ वर्षिय रावर्टो मार्रेरोलाई राष्ट्रघाती काम गरेको अभियोगमा उनकै निवास स्थानबाट अपहरण शैलीमा गिरफतार गरिएको थियो ।

तर भेनेजुयलाका गृहमन्त्री नेस्टोर रिभेरोलले गुप्तचर निकायले छापा मार्दा उनको घरबाट हातहतियार र विदेशी मुद«ा वरामद भएको बताएका छन् । मार्रेरोको गिरफतारीलाई लिएर अमेरिका र युरोपेली संघले कडा आलोचना गरेका थिए । गुआइदोले मार्रेरोका घरमा ति अवैध वस्तुहरु सुरक्षकर्मिहरु आफैंले राखेको दावी गरेका थिए । यता गुआइदोले वारम्वार सेनालाई आफ्नो साथ दिन आब्हान गर्दै अँएका छन् ।

प्रतिक्रिया दिनुहोस्