खेलकुदमा मिश्रित सफलता



खेल यस्तो कडी हो जसले समाज, उमेर, विचार, वर्ग, जात, धर्म र रंगलाई एउटै कसीमा बाँध्ने गर्छ । खेलले द्वन्द्व मानसिकतालाई पनि शान्तिमा परिवर्तन गर्ने क्षमता राख्छ । संसारमा यस्ता कैयौं घटना छन् जसलाई खेलले मिलापको बिन्दुमा पु¥याएको छ । त्यति मात्र होइन, खेलले संसारलाई एक ढिक्का बनाउन समेत मद्दत गरेको छ । खेलकुदको आधुनिक व्याख्या भनेकै मानवीय सम्बन्धलाई सकारात्मक बनाउनु हो ।

 

फिरोज राजोपाध्याय/कविरस शर्मा
प्रसंग भर्खरै बिदा हुन लागेको वर्ष २०७५ मा नेपालले खेलेका प्रमुख खेल गतिविधिको हो । वर्ष २०७५ मा अनगिन्ती खेलकुद प्रतियोगिता सम्पन्न भए । तीमध्ये कतिपय प्रतियोगिताले विश्वभरका अधिकांश खेलप्रेमीको ध्यान आकृष्ट गर्न सफल भए भने केहीले राष्ट्रिय खेलकुदको स्तरलाई उकास्न मद्दत्त गरे । वर्ष २०७५ मा नेपाली खेलकुद सफलता र असफलताले मिश्रित र≈यो । केहीमा सफल रहँदा असफलताले भने ठँलै भाग ओगट्यो । गएको वर्षलाई नियाल्दा यसपटक सीमित सफलता मात्र हात पारेको मान्नुपर्छ ।

खेलकुद मन्त्रालयले प्रगति भएको भने पनि उपलब्धि भने त्यति भएन । युवा धावक अजितकुमार यादवले हङकङमा प्राप्त गरेको ऐतिहासिक सफलता र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्समा पाएको ऐतिहासिक सफलताले नेपाली खेलकुदको इज्जत जोगाएका थिए । अर्कोतिर सन्दीप लामिछानेले विश्वका विभिन्न टी¬–२० लिग खेलेर नेपाली खेलकुदलाई थप उचाइ पु¥याए । अन्य खेलमा भने औसत सफलता उपलब्धि मात्र हासिल गरेको थियो ।

राजविराजका युवा धावक अजितले चैतमै भएको तेस्रो एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपअन्तर्गत ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । यो यसकारण ऐतिहासिक बन्यो कि नेपाली धावकले पहिलोपटक आधिकारिकरूपमा एसियालीस्तरमा स्वर्ण पदक जितेका हुन् । यसअघि वैकुण्ठ मानन्धरले दक्षिण एसियालीमा मात्रै स्वर्ण जितेका थिए ।

अजितको उपलब्धिमा नेपाल एथ्लेटिक्स संघ पनि खुसी भएर अजितलाई टीभीएस मोटरसाइकल नै उपहार दियो । त्यस्तै ५ कर्पोरेट हाउसहरु गोल्छा अर्गनाइजेसन, नबिल बैंक, रुस्लान, गोल्डस्टार र होटल अन्नपँर्णले अजितलाई १ वर्षका लागि मासिक १२÷१२ हजारका दरले कुल ६० हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरे । साथै अन्नपँर्ण होटलले १ वर्षका लागि पौडी र जिमको सुविधा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । सो सुविधा वार्षिक २ लाख रुपियाँ बराबरको हो ।

नेपाली एथ्लेटिक्सकोे इतिहासमा अजितले नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन् । उनले १२ राष्ट्रका १५ प्रतिस्पर्धीले सहभागिता जनाएको प्रतियोेगितामा ३ हजार मिटरको दुरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पँरा गरेका थिए । उनी भारतका अमित जान्गीरसँग ६ सेकेन्डले अगाडि रहेका थिए । उनको यो जुनियरतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसमेत हो ।

यसअघि यसै वर्ष विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डमा अजितले ८ मिनेट ४४ दशमलव ९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रचेका थिए । सिनियरतर्फ ३ हजार मिटर दुरीमा ज्ञानबहादुर बोहराको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । बोहराले सन् १९९९ मा नयाँ दिल्लीमा भएको एथ्लेटिक्स च्याम्पियनसिपमा सो दुरीतर्फ ८ मिनेट २३ दशमलव ५९ सेकेन्ड समयको राष्ट्रिय कीर्तिमान राखेका थिए ।

एसियाडमा २० वर्षपछि नेपाललाई रजत पदक

गत भदौमा इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपालले २० वर्षपछि दोस्रो रजत पदक जितेको थियो । नेपाली खेलकुदको छायाँमा पर्दै आएको एडभेन्चर खेल पाराग्लाइडिङले एसियाडमा २० वर्षपछि जितेको रजत समग्रमा नेपालको दोस्रो रजत पदक बन्यो । सन् १९९८ को बैंकक एसियाडमा सविता राजभण्डारीले तेक्वान्दोमार्फत नेपाललाई पहिलो ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।
पुरुष क्रस कन्ट्रीमा नेपाल स्वर्ण जित्नबाट २७ अंकले मात्र पछि परेको थियो । स्वर्ण जितेको जापानले ११ हजार ३ सय ९१ अंक जोडेको थियो । विमल अधिकारी, विजय गौतम, योकेश गुरुङ, सुशील गुरुङ र विशाल थापासहितको नेपाली टोलीले ११ हजार ३ सय ६४ अंक जोडेर पाराग्लाइडिङमार्फत रजत दिलाउन सफल भए ।

क्रिकेटमा सफलता

नेपाली क्रिकेट सधैंजसो नै उपलब्धिका रूपमा अगाडि आउने गरेको छ । नेपाली खेलकुद धानेको नै क्रिकेटले नै हो कि सबैलाई महसुस गराएको हुनुपर्छ । वर्ष २०७५ मा नेपाली क्रिकेटले एकदिवसीय मान्यता प्राप्त ग¥यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालसँगै स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्यान्ड्सलाई वान डे वरीयतामा समावेश ग¥यो ।

गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एसोसिएट्सतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न युरोप पुगेको नेपालले नेदरल्यान्ड्ससँग २ वटा एक दिवसीय खेलेको थियो । जसमध्ये दोस्रो तथा अन्तिम खेलमा एक रनको रोमाञ्चक जित निकालेको नेपालले शृंखला बराबरी गरेको थियो । त्यसअघि पहिलो खेलमा ५५ रनले घरेलु टोलीसँग पराजित भएको थियो ।

यस्तै पुरुष राष्ट्रिय क्रिकेट टोलीले यँएईमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय शृंखला समान २–१ ले जितेको थियो । यँएईविरुद्धको यो शृंखला जित्नु नेपाली पुरुष क्रिकेटका लागि पहिलो सफलता बन्यो र नेपाली खेलकुदमा अविस्मरणीय उपलब्धि बन्यो । तर नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक क्षण बनाउनबाट चुक्यो । दुवै पटक ऐतिहासिक बनाउने निकट पुगे पनि दुवै पटक नै थाइल्यान्ड तगारो बन्यो ।

२०७५ साल सन्दीप लामिछाने छाएको वर्ष बनेको थियो । सन्दीपले अस्टे«लियाको बिग बास लिगअन्तर्गत मेलबर्न स्टार्सबाट खेलेर बिगबासमा खेल्ने पहिलो नेपाली क्रिकेट बन्दै इतिहास रचे । त्यसपछि उनले बंगलादेश लिगमा पनि खेले । त्यहींबाट पाकिस्तान लिगमा समेत खेलेर सन्दीपले विश्वकै चर्चित क्रिकेटर बन्न सौभाग्य प्राप्त गरे । तर उनको एउटै मात्र उपलब्धि हासिल नभएको भनेको उनको टोलीले उपाधि जित्न सकेन । हाल उनी इन्डियन प्रिमियर लिगअन्तर्गत दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । त्यहाँ पनि विकेट लिने क्रम जारी छ ।

शक्ति गौचनको संन्यास

राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले वर्ष २०७५ मा संन्यासको घोषणा गरे । नेपालले नेदरल्यान्ड्सँग पहिलो एकदिवसीय क्रिकेट खेल शक्तिका लागि राष्ट्रिय टोलीबाट अन्तिम खेल बन्यो । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्यान्ड्ससँग टी–२० सिरिज खेलेको थियो ।

 

महिला फुटबलमा उत्साह र निरासा

नेपालमा पुरुषको तुलनामा महिला फुटबल टोली सधैं पछि पर्ने गर्छ । यसपटक भने त्यसो भएन । उपाधि हासिल नहुनु एउटा नमीठो क्षण भए पनि नेपाली महिला सिनियर र जुनियर फुटबल टोलीले सबैको ध्यान खिचेका छन् । यँ–१८ साफ च्याम्पिनसिपमा नेपाली जुनियर महिला टोलीले भारतलाई सेमिफाइनलमा हराएर तहल्का मच्चाएको थियो । तर फाइनलमा पुगेर बंगलादेशसँग नेपाल १–० ले हारेर उपाधिबाट विमुख भएको थियो । सो प्रतियोगितामा रेखा पौडेलले पाकिस्तानविरुद्ध एक्लैले ७ गोल गरेर इतिहास रचिन् ।

यस्तै टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबल छनोटको एसिया क्षेत्रमा नेपालले समँहमा उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणमा स्थान सुरक्षित ग¥यो । तर नेपाल दोस्रो चरणबाट बाहिरियो । नेपालले म्यानमारसँग पहिलो खेलमै ३–१ को हार बेहोरेको थियो । दोस्रो खेलमा भारतसँग सोही अन्तरले हारेपछि नेपालको यात्रा दोस्रो चरणसम्म सीमित भयो ।

यसै गरी हालै विराटनगरमा भएको पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भयो । नेपालले आफ्नै घरेलु मैदान र घरेलु दर्शक पाएको थियो । यसको बाबजुद नेपाल निरास नै बन्यो । नतिजा नेपाली फुटबलले चाहेको जस्तो भएन । फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलअन्तरले हराएको थियो । भारतीय महिला फुटबल टोलीको यो साफमा लगातार पाँचौं उपाधि हो । प्रतियोगितामा उनीहरु उपाधिमाथि डबल ≈याट्रिक नजिक पुग्दा नेपालले चार फाइनल गुमाएको छ ।

यसलाई उपलब्धि भन्नुभन्दा पनि निरासाजनकको संज्ञा दिन करै लाग्छ । भारतमै भएको हिरो कपमा नेपाल फाइनलमा म्यानमारसँग ३–१ गोलअन्तरले नै पराजित भएको थियो । यो प्रतियोगितामा भने नेपालले आयोजक भारतलाई समँह चरणमा २–१ ले हराएको थियो । सिनियर महिला टोलीमा यो भारतमाथि पहिलो जित पनि हो । यही प्रदर्शन नेपाली टोलीले आफ्नै घरेलु मैदानमा देखाउन सकेन ।

त्यसो त जुनियर महिला फुटबल टोलीमा अर्को उपलब्धि हासिल भएको छ । यँ–१९ नेपाली महिला फुटबल टोली दोस्रो चरणका लागि छनोट भयो । गत असोजमा थाइल्यान्डमा भएको पहिलो चरणको खेलमा नेपाल समँहमा दोस्रो भएको थियो । भारत र आयोजक थाइल्यान्डसरह ६/६ अंक जोडेको नेपालले भारतलाई हेड टु हेडमा तेस्रो स्थानमा धकेल्दै दोस्रो चरणका लागि छनोट भएको हो । जुनियरतर्फ यो नेपाली फुटबलमा ठँलै उपलब्धि मान्नुपर्छ । दोस्रो चरणको खेल २६ अप्रिलदेखि म्यानमारमा हुँदै छ । नेपालको समँहमा म्यानमार, उज्वेकिस्तान र अस्टे«लियाजस्ता बलिया टोली रहेका छन् ।

पुरुष फुटबलमा उतारचढाव

२०७५ सालमा नेपाली राष्ट्रिय पुरुष फुटबलको प्रदर्शनलाई उतारचढावका रूपमा व्याख्या गर्न सकिन्छ । कहिले फिफाको निलम्बनबाट फुकुवा भएको दक्षिण एसियाली राष्ट्र पाकिस्तानसँग हार्नु र कहिले एसियाली फुटबलकै बलियो राष्ट्र कुवेतसँग बराबरीको नतिजा ल्याउनाले यसको पुष्टि हुन्छ । २०७५ सालमा नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले ८ वटा अन्तर्राष्ट्रिय म्याच खेलेको थियो । जसमा दुईमा जित र एउटा बराबरी खेल्दा ५ म्याचमा हारको सामना गर्नुप¥यो ।

गत वर्षको भदौमा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको १२ संस्करणमा नेपालले समँह चरणमा पाकिस्तानसँग २–१ ले हार बेहोरेको थियो । यस्तै समँहको दोस्रो खेलमा भुटानलाई ४–० तथा आयोजक बंगलादेशलाई २–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । तर सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । यसै गरी असोजमा बंगलादेशमा नै सम्पन्न बंगबन्धु कपमा डिफेन्डिङ च्याम्पियन नेपाल ताजिकिस्तानसँग २–० ले तथा प्यालेस्टाइनसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यसै गरी चैतमा नेपालले कुवेतसँग २ वटा मैत्रीपँर्ण म्याच खेलेको थियो । जसमा पहिलो खेल गोलरहित बराबरीमा टुंगिँदा दोस्रो खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

ए डिभिजन लिग शुरू

करिब ५ वर्षको अन्तरालमा नेपालको घरेलु लिग ‘ए’ डिभिजन लिग गत वर्ष पुनः थालनी भएको थियो । अन्तिम पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग सञ्चालन भएको थियो । यसपछि २०७२ साल वैशाखमा आएको महाभँकम्पले गर्दा नेपालको खेलकुदका भौतिक संरचना ध्वस्त भएका थिए । जसमा काठमाडौंको दशरथ रंगशाला र वरिपरिका खेलकुद संरचनामा प्रभावित भएको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फामा नयाँ अध्यक्षका रूपमा कर्मा छिरिङ शेर्पा गत वर्षको वैशाखमा निर्वाचित हुनुभयो । उहाँको कार्यसमितिले ‘ए’ डिभिजन लिग शुरू गर्ने निर्णय गरेको थियो । जुनअनुसार रेलिगेसन नहुने लिग एन्फाको मैदानमा र हल्चोकस्थित सशस्त्रको मैदानमा खेल सञ्चालन भए । सो लिगमा विजेता मनाङ मस्र्याङ्दी क्लब बन्यो । मनाङले योसँगै आठौंपटक लिग उपाधि जितेको छ । घरेलु लिगमा सर्वाधिक उपाधि जित्ने टोली मनाङ बनेको छ । टोलीले ५० लाख नगद पनि हासिल गरेको थियो । संकटा दोस्रो हुँदै ३५ लाख नगद प्राप्त गर्दा थ्रीस्टारले तेस्रो स्थान हासिल गरेको थियो ।

मनाङ आठौंपटक लिग च्याम्पियन

११औं खेल पनि अपराजित रहँदै जित हात पारेपछि मनाङ मस्र्याङ्दी क्लब जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७५ को च्याम्पियन बनेको हो । संकटा क्लबविरुद्धको खेल मनाङले ३–१ गोलअन्तरले जितेपछि मनाङले लिगमा लगातार ११औं जित हात पार्नुका साथै उपाधि पनि रक्षा गरेको हो । यसअघि पछिल्लोपटक २०७० सालमा भएको लिगमा पनि मनाङ नै विजेता बनेको थियो ।

घरेलु लिगमा ८ पटक उपाधि जितेर मनाङले सबै टोलीलाई पछि पारेको छ। दोस्रो स्थानमा रहेको रानीपोखरी टिम (आरसीटी) ले ६ पटक उपाधि जितेको छ । साथै टोली लिग च्याम्पियन भएपछि आगामी एएफसी कपमा प्रतिस्पर्धा गर्न पनि छनोट भएको छ । मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२, २०७०, २०७५ मा गरी आठपटक लिग उपाधि जितेको छ ।

महेश्वरले जिते स्वर्ण

बडी बिल्डर महेश्वर महर्जनले गत मंसिरमा थाइल्यान्डको चाङमईमा भएको १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जिते । महेश्वरले प्रतियोगिताको पुरुष ७५ केजीमा स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा महेश्वरले स्वर्ण पदक जित्न सफल भएका हुन् । नेपाली खेलाडीले विश्वस्तरको बडी बिल्डिङ प्रतियोगितामा स्वर्ण जितेको यो नै पहिलोपटक हो ।

महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको भने यो दोस्रोपटक हो । महेश्वरले यसअघि सन् २०१६ मा भुटानमा सम्पन्न ५०औं एसियन बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्समा पनि ७५ केजी तौल समँहमा नै स्वर्ण जितेका थिए । उनले गत असोजमा नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित प्रतियोगिता धर्मश्रीको १५औं संस्करणमा ओभरलमा दोस्रो स्थान हासिल गरेका थिए । त्यसअघि उनी धर्मश्रीको १३औं संस्करणमा ओभरल च्याम्पियन बनेका थिए ।

तेक्वान्दोमा ३ स्वर्ण

सिंगापुरमा भएको खुला आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान १–१ रजत र कांस्य पदकसहित कुल ५ पदक जितेको थियो । सिंगापुरमा भएको उक्त च्याम्पियनसिपमा विकल पौडेल, राजन रसाइली र भँमिका श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए । फाइटतर्पm विकलले ६३ केजी र राजनले ७५ मुनि नेपाललाई स्वर्ण दिलाएका थिए । प्याटर्नमा भँमिकाले कालो पेटीतर्पm नेपाललाई १ स्वर्ण दिलाउन सफल भएकी हुन् । त्यस्तै प्याटर्नमै समीर बस्नेतले पनि रजत पदकमै चित्त बुझाएका थिए । यस्तै अमेरिकाको न्युयोर्कमा भएको फस्र्ट नर्थ अमेरिकन अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका राजमन्दिर श्रेष्ठले कांस्य पदक जितेका थिए ।

जुडोमा दुई स्वर्ण

गत वैशाखमा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पुरुषतर्फ व्यक्तिगत स्पर्धामा नेपालले दुई स्वर्ण जितेको थियो । नेपालका लागि रविन श्रेष्ठले १ सय केजीमुनि र इन्द्रबहादुर श्रेष्ठले ६६ केजीमुनिमा स्वर्ण दिलाएका हुन् । महिला टिम इभेन्टमा नेपालले रजत जितेको थियो ।

फाइनलमा भारतले नेपाललाई ५–० ले पराजित गरेपछि नेपालले रजतमा नै चित्त बुझाउनुपरेको थियो । नेपालबाट प्रतिस्पर्धा गरेका ओलम्पियन फुपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, देवीका खड्का, भावना घर्तीमगर र पुनम श्रेष्ठ पाँचै जनाले हार बेहोरेका थिए। फुपुले सिंगल्स प्रतिस्पर्धामा पनि रजत पदकमै चित्त बुझाउनुपरेको थियो । यस्तै मनिता श्रेष्ठ प्रधानले भने १ कांस्य जितेकी थिइन् ।
वल्र्ड युनिभर्सिटी तेक्वान्दोमा ४ पदक

गत असारमा नेपाली तेक्वान्दो टोलीले पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पियनसिपमा २ रजत र २ कांस्य पदक जितेको थियो । नेपालका अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कांस्य पदक जितेका थिए । अनुजले मिडल वेट (८७ केजीमुनि) ले रजत पदक जितेका हुन् । पहिलो खेलमा बाई पाएका अनुजले दोस्रो खेलमा कोरियालीलाई हराएका थिए । अनुज फाइनलमा श्रीलंकाका खेलाडीबाट ११–१० ले पराजित भएका थिए । अस्मिता फ्लाइ वेट (४९ केजीमुनी) को फाइनलमा इन्डोनेसियाकी खेलाडीसँग २२–१० ले पराजित भइन् ।

त्यसअघि पहिलो खेलमा बाई पाएकी अस्मिताले दोस्रो खेलमा कोरियाकी खेलाडीलाई २०–१८ ले हराइएकी थिइन् । ६३ केजी तौल समँहमा सागरले कांस्य पदक जिते । पहिलो खेलमा बाई पाएका सागर सेमिफाइनलमा मेलेसियाका खेलाडीबाट २५–११ ले पराजित भए । ज्ञानेन्द्रले लाइट वेट (७४ केजीमुनी) मा तेस्रो पदक प्राप्त गरेका थिए । पहिलो खेलमा श्रीलंकाकी खेलाडीलाई १२–८ ले हराएका ज्ञानेन्द्र सेमिफाइनलमा कोरियाका खेलाडीसँग २५–१२ ले पराजित भएका थिए ।

बेसबलमा नेपाललाई रजत
भारतको गुवाहटीमा सम्पन्न प्रेसिडेन्ट कप बेसबल प्रतियोगितामा नेपालले रजत पदक प्राप्त गरेको थियो । नेपाल, बंगलादेश, भारतका दुई टिम र भुटानसमेत सहभागी उक्त प्रतियोगितामा नेपाली पुरुष बेसबल टोलीले सेमिफाइनलमा बंगलादेशलाई २४–४ ले पराजित गरी फाइनलमा पुगेको थियो । फाइनलमा भने नेपाली टोली भारतसँग १८–४ ले पराजित भएको थियो । नेपालका सगुन खिचाजु बेस्ट क्याचर बन्न सफल भएको उक्त प्रतियोगितामा प्राप्त गरेको पदक भने बेसबलको इतिहासमा नै पहिलो हो ।

एसियाडमा नेपाली भलिबलको पहिलो जित

इन्डोनेसियामा गत भदौमा भएको १८औं एसियाली खेलकुदअन्तर्गत राष्ट्रिय खेल भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेर प्रतियोगितामा पहिलो ऐतिहासिक जित दर्ता गरायो। गोर बुलुनगन स्टेडियममा भएको खेलमा नेपालले मंगोलियामाथि ३–१ को जित निकालेको थियो । नेपालले पहिलो सेट २८–२६ ले गुमाएको थियो ।

तर, त्यसपछि खेलमा पुनरागमन गरेको नेपालले दोस्रो सेटमा २५–१६ को सहज जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा नेपाल ३०–२८ ले विजयी हुन सफल भयो । चौथो सेटमा खेलमा पछि परेर पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–१९ को जित निकाल्न सफल भयो । समँह चरणमा चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको नेपालको एसियाड भलिबलमा यो पहिलो जित दर्ता गर्न सफल भयो।

विदेशी अनुबन्धित महिला भलिबल लिग

गत असोजमा भारतको आधीअवाधी संस्थाको प्रायोजनमा महिला भलिबल लिग आयोजना गरिएको थियो । दशरथ रंगशालाको कभर्ड हलमा भएको उक्त लिगका लागि नेपालमा पहिलोपटक विदेशी खेलाडी अनुबन्ध गरिएको थियो । जसमा तीन जना अमेरिकी खेलाडी अनुबन्धित चितवन टाइग्रेसले उपाधि जितेको थियो ।

विश्व पारा तेक्वान्दोमा कांस्य

गत माघमा सम्पन्न आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका बिक्रम श्रेष्ठले कांस्यपदक जितेका थिए। टर्कीको एन्टाल्यामा भएको च्याम्पियनसिपमा विक्रमले (पी–३२) पुम्सेको एकल स्पर्धामा कांस्यपदक जित्न सफल भएको थियो। मोरक्कोका विलाल एक खतावीलाई ६ दशमलव ५ अंकले हराउँदै सेमिफाइलमा पुगेका विक्रम सेमिफाइनलमा रसियाका एन्ड्रेइ ग्राबोस्कीलाई ७ दशमलव २० अंकका आधारमा पराजित भएपछि कांस्यमा सीमित भएका हुन् । च्याम्पियनसिपमा ६९ देशका ४ सय २५ खेलाडीले सहभागिता जनाएका थिए । नेपालले पहिलोपटक पुम्से विधामा च्याम्पियनसिप खेलेको थियो ।

गल्फ टोलीलाई बंगलादेशमा स्वर्ण

गत माघमा नेपालले ३४औं संस्करणको बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टसमा स्वर्ण पदक जितेको थियो। कुर्मितोला गल्फ क्लबमा नेपालका शीर्ष दुई एमेच्योर गल्फर शुक्रबहादुर राई र टंकबहादुर कार्कीको नेपाल ‘ए’ ले कुल १२ ओभर ३ सय स्कोरका साथ बंगलादेशको ‘बी’ टिमलाई ३ स्ट्रोकले हराउँदै स्वर्ण जितेको हो । बंगलादेशको ‘बी’ टिम ३ सय ३ स्कोरसहित दोस्रो र ३ सय ७ स्कोर जोडी बंगलादेशको ‘बी’ टिम तेस्रो भएका थिए । दोस्रो चरणको खेलमा टंकले १ ओभर ७३ र शुक्रले ३ ओभर ७५ अंक बनाएसँगै ४ ओभर १ सय ४८ को नतिजा निकाल्दै नेपाल स्वर्णको हकदार बनेको हो । टिम स्पर्धामा कुल दश टिमको सहभागिता रहेको थियो।

हङकङमा स्वर्ण

गत फागुनमा नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेकी हुन् । मेलिसाले क्वार्टरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । हङकङमा मेलिसाको यो तेस्रो स्वर्ण हो । यसअघि मेलिसाले यही प्रतियोगिताको सातौं र नवौं संस्करणमा स्वर्ण जितेकी थिइन् । ती संस्करणमा मेलिसाले ग्योरोगीतर्फ ४५ केजी तौलसमँहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

स्पेनमा स्वर्ण र कांस्य

गत फागुनमा स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आटर््स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरीले स्वर्ण र रोशन आचार्यले कांस्य पदक हात पारेका थिए । स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोटर््स सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्फ स्वर्ण पदक दिलाउँदा रोशनले भने कांस्य पदक जित्न सफल भएका हुन् । सुनीलले पुरुष ६३ केजीको फाइनलमा स्पेनका भिक्टर मार्टिन पेरेजलाई हराउँदै स्वर्ण जितेका हुन् । त्यसअघि सेमिफाइनलमा उनले अफगानिस्तानका अहमद जावेद नाबिजादालाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए । त्यस्तै रोशनले फाइटतर्फ पुरुष ५३ केजीको पहिलो खेलमा चीनका जियान हाउ झिउमाथि जित रचेका थिए । त्यसपछिको क्वार्टरफाइनलमा अफगानिस्तानका हेदायातुल्लाह उस्मानीलाई हराउँदै रोशनले कांस्य पदक पक्का गरे । सेमिफाइनलमा भने उनी इटालीका अर्टिअम प्रोकासँग पराजित भएका थिए।

युरोपियन ओपनमा कांस्य

गत चैतमा नेपालकी सुस्मी श्रेष्ठले २९औं ओपन युरोपियन कराँते च्याम्पियनसिपमा कांस्य जितेकी थिइन् । सुस्मीले महिला ६५ केजीमा कांस्य जितेकी थिइन् । नेदरल्यान्ड्सको हेगमा भएको प्रतियोगितामा सुस्मीले हल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसँग अंक आधारमा चुकेपछि सुस्मी कांस्यमै सीमित भइन् ।

सितोरियोमा ऐतिहासिक रजत पदक

गत चैतमा नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समँहमा रजत पदक जितेका थिए । काजकिस्तानका खेलाडी तसिम अदिलग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट वञ्चित भएका थिए। यद्यपि नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठँलो पदक हो । त्यसअघि दिगम्बर क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनले मेक्सिकोमाथि १–० को जित निकालेर फाइनलमा स्थान बनाएर पदक पक्का गरेका थिए ।
सोही प्रतियोगिताको ६० केजीमुनि तौल समँहमा विजय श्रेष्ठले कांस्य पदक जितेका थिए। उनले कांस्य पदकका लागि भएको भिडन्तमा आइभरी कोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७–० ले हराएर पदक जितेका हुन् । त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा चीनका खेलाडीमाथि ४–२ को जित निकालेका थिए।

यस्तै क्वार्टरफाइनलमा हङकङका खेलाडीसँग २–२ को अंक बराबरी भए पनि विजयले सेन्सु विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरे। सेमिफाइनलमा भने उनी काजकिस्तानका खेलाडीसँग ४–० ले पराजित भएका थिए । नेपालले १७ वर्षपछि सितोरियोको विश्व च्याम्पियनसिपमा पदक जितेको हो । यसअघि नेपालले सन् २००२ मा टिम फाइटमा कांस्य जितेको थियो । प्रतियोगितामा ३९ देशका करिब १ हजार २ सय खेलाडीले भाग लिएका थिए ।

अस्ताएका चर्चित खेल हस्ती

वर्ष २०७५ मा केही चर्चित खेल हस्ती संसारबाट बिदा भए । जसमध्ये नेपाली फुटबलका लेजेन्ड मणिविक्रम शाह, फुटबलकै कुमार थापा, साइक्लिङका राष्ट्रिय च्याम्पियन नारायणगोपाल महर्जन, बक्सिङका अन्तर्राष्ट्रिय रेफ्री मञ्जु जंग थापा रहेका छन् । कलेजोको समस्याले पीडित मणिविक्रम शाहको उपचारका क्रममा निधन भएको थियो । यसै गरी नारायणगोपाल महर्जन पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी हुनुपँर्व गत जेठ ३० गते श्रीलंकाको कोदामामा रम्बल इन जंगल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।

विश्वकप ट्रफी टुर

गत वर्ष क्रिकेट र रग्बीको विश्वकप ट्रफी नेपालमा आइपुगेको थियो । रग्बी विश्वकप ट्रफी टुरअन्तर्गत ट्रफी पुग्ने राष्ट्रमा नेपाल २०औं राष्ट्रसमेत बन्यो । रग्बी ट्रफीलाई सगरमाथा बेस क्याम्पभन्दा माथि ५ हजार ५ सय मिटर उचाइको कालापत्थरमा पु¥याइएको थियो । यसरी यति उचाइमा उक्त ट्रफी पु¥याइएको पहिलोपटक हो। यसै गरी क्रिकेट र रग्बी विश्वकप ट्रफीलाई काठमाडौं दरबार स्क्वायर, स्वयम्भँनाथ, पोखरा क्रिकेट मैदान, बौद्धनाथ, पशुपतिनाथ, पाटन दरबार स्क्वायरलगायतका स्थानमा प्रदर्शन गरिएको थियो।

फ्रान्स दोस्रोपटक फिफा विश्वकप च्याम्पियन

गत जेठ र असारबीच सम्पन्न विश्वकै सर्वाधिक दर्शक तान्न सफल फिफा विश्वकपको २१औं संस्करणको उपाधि फ्रान्सले जितेको थियो । मस्कोस्थित लुज्नीकी स्टेडियममा भएको फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएर फ्रान्सले ठ्याक्कै २० वर्षपछि दोस्रोपटक फिफा विश्वकपको उपाधि उचालेको थियो । सन् १९९८ मा जिनेदिन जिदानको नेतृत्वमा फ्रान्सले पहिलोपटक विश्वकप ट्रफी उचाल्दा सो विजेता टोलीमा एक सदस्य डिडियर डेसच्याम्प पनि थिए । उनै डेसच्याम्पको प्रशिक्षणमा फ्रान्सले दोस्रोपटक विश्वकप उपाधि हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्