पर्यटन क्षेत्रका लागि उत्साहजनक वर्ष



दीपेन्द्र थापा,
२०७५ पर्यटन क्षेत्रका लागि सफलता पाएको र गुमाएको वर्ष सावित हुन सफल भयो । सफलता यो अर्थमा नेपालमा हालसम्मकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले ७५ सालको पुसको तेस्रो हप्ता सन् २०१८ मा १२ लाख पर्यटक नेपाल भिœयाएको तथ्यांक सार्वजनिक ग¥यो ।

यस वर्ष नै फागुन १५ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा अधिकरीसहित ७ जनाको निधन भयो । पदवहालीको गरेको १ वर्षको हाराहारीमा नै मन्त्री अधिकारीले कामकै सिलसिलामा ताप्लेजुङमा भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनुप¥यो ।

दुर्घटनामा परी हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यलयका उपसचिव युवराज दाहाल, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर धु्रवदास भोछिभया, मन्त्री रवीन्द्र अधिकारीक पीए अर्जुनप्रसाद घिमिरे र हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसीको निधन भएको हो । मन्त्री अधिकारी सकारात्मक सोच र विकासमा चिन्तनशील भएका राजनीति सम्भावना बोकेका नेताका रूपमा परिचित थिए। संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले १ वर्षको कार्यप्रगति सावर्जनिक गरेको छ ।

मन्त्रालयमा गत फागुन ३ गते पदवाहाल गरेपछि सम्पादन भएका कार्यसम्पादन प्रगति विवरण सावर्जनिक गर्न नपाउँदै ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाले मृत्यु वरण गरेका थिए । आफँले वर्षभरि गरेको कार्य सम्पादनको कामको प्रगति विवरण सार्वजनिक गर्न नपाई मन्त्री र अधिकारीलेको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाए ।

मन्त्रालयले २ सय १२ वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न गरेको जनाएको छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ६३ प्रतिशत सम्पन्न भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घन्टा सञ्चालनमा आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरउन्त्तीको अभियानलाई तीव्रता दिएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको उडान तथा यात्रुको चाप न्यँनीकरण गर्न दैनिक ४ घन्टा वृद्धि गरी उक्त विमानस्थल दैनिक २२ घन्टा सञ्चालनमा ल्याएको थियो । यसबाट हवाई यात्रुलाई सुविधाका साथै उडान तथा अवतरणको क्रममा विमानलाई आकाशमा होल्डमा रहनु नपर्ने अवस्था सिर्जना भएको छ।

विगत लामो समयदेखि योजनामा मात्र सीमित रहेको विमानस्थलको धावन मार्ग पुनर्निर्माण धावन मार्ग स्तरोन्नति २०७५ आसार महिनाभित्र सम्पन्न गर्नेगरी कार्य अघि बढेको छ। साथै विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने परियोजनाका कार्य यस अवधिमा ३० प्रतिशत सम्पन्न भई हालसम्मको प्रगति ४० प्रतिशत पुगेको मन्त्रालयले सावर्जनिक गर्ने कार्य सम्पादन विवरणमा उल्लेख गरिएको छ । पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्य २२ प्रतिशत सम्पन्न भएको छ भने ६ वटा विमानस्थलमा रात्रिकालीन उडान शुरू गरिएको छ ।
झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा उपकरण जडान गरी रात्रिकालीन उडान सेवासमेत शुरू गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले काठमाडौंबाहेकका विमानस्थल भैरहवा, नेपालगन्ज, सुर्खेत, पोखरा र विराटनगरबाट रात्रि उडान गरी अन्तर प्रदेश, क्षेत्रीय तथा पहाडी क्षेत्रमा उडान सेवा सञ्चालन भएको जनाएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मँल्यांकन सम्पन्न भएको छ । मन्त्री अधिकारीले पदबहाली गर्दा १ महिनामा मोडालिटी तय गरेर निर्माण कार्य अगाडि बढाउने कार्ययोजना रहेको भए पनि विभिन्न प्राविधिक कारणले गर्दा तो कार्य अगाडि बढ्न सकेको छैन। सरकार बनेको एक वर्षमा मन्त्रालयले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्न तयारी गरिरहेका बेला मन्त्री अधिकारी हेलिकोप्टर दुर्घटनामा परेका हुन् ।

मन्त्रालयले सार्वजनिक गर्न लागेको कार्य सम्पादन विवरण मुलुकभर सय वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पँरा गर्नका लागि मन्त्रालयले कार्ययोजना बनाएरै कार्य सम्पादन गरेको थियो । कार्य सम्पादन पुस्तिकाका अनुसार सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै करिब १२ लाख पर्यटक नेपाल भिœयाउन सफल भएको थियो । जापान, कम्बोडिया, थाइल्यान्डलगायतका मुलुकसँग हवाई सम्झौता पुनरावलोकन गरी हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ । समग्रमा, नेपालको मौलिक संस्कृति झल्किने तथा अत्याधुनिक सुविधा प्रवाह हुने गरी यस विमानस्थललाई बुटिक विमानस्थलको रूपमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ भएको छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरिया विस्तारलाई अगाडि बढाइएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडान क्षेत्रतर्फ ६ वटा साना विमान एयरबस–३२० र ६ वटा ठँला विमान ३३० गरी थप १२ वटा विमान पार्किङ गर्न मिल्ने पार्किङ वेको निर्माण कार्य द्रुत गतिमा भई आगामी असारसम्म सम्पन्न हुने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्