संसदमा मतदान



अकल्यान्ड,(एजेन्सी)
न्युजिल्यान्डको संसदमा क्राइस्टचर्चका मस्जिदमा भएको आतंककारी आक्रमणपछि सबै प्रकारका अर्ध – स्वचालित हतियार र एसल्ट राइफल माथि प्रतिवन्ध लगाउने विषयमा मतदान गरेको छ ।

उक्त बन्दुक संशोधन विधेक माथि भएको मतदानमा पक्षमा १ सय १९ र विपक्षमा १ मत खसेका थिए । केहि दिन भित्र गवर्नर जनरलबाट शाही आदेश प्राप्त हुनासाथ यो विधेयक कानुन बन्ने भएको छे अष्ट्रेलियाका ब्रटेन्ट टारान्ट नामक व्यक्तिले पचास जना मुशिलमको ज्यान जानेगरी हमला गरेपछि । प्रधानमन्त्री जसिन्दा आर्डर्नले सो प्रतिवन्धको प्रस्ताव राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्