लिभरपुल र टोटनह्याम पहिलो लेगमा विजयी



लन्डन, (एजेन्सी)
युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगको खेलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन्।

दुवै टोलीले घरेलु मैदानमा भएको खेल जित्दै दोस्रो लेगलाई केही सहज बनाएका छन् । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा टोटनह्यामले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदा लिभरपुलले पनि एफसी पोर्टोलाई पराजित ग¥यो । दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको निर्णायक गोलमा टोटनह्यामले प्रिमियर लिग जित्ने धुनमा रहेको म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गरेको थियो ।

दोस्रो हाफको ७८ औं मिनेटमा सनले गोल गर्दै टोटेनह्यामलाई जित नजिक पु¥याएका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन चोट बोक्दै बाहिरिएपछि टोटेनह्याम समस्यामा परेको थियो । तर सनले क्रिस्टियन एरिक्सन, डेले अली र लुकास मोउरासँग मिलेर आक्रमणलाई बलियो बनाएका थिए ।

पहिलो हाफमा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले पेनाल्टीमा गोल गर्न असफल भएपछि सिटीले अग्रता लिने मौका गुमाएको थियो । अगुएरोको प्रहारलाई टोटेनह्यामका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट डाइभ गर्दै बचाएका थिए । यी दुईबीचको दोस्रो लेग सिटीको मैदानमा अर्को साता हुनेछ ।

मंगलबार राति नै भएको अर्को खेलमा लिभरपुलले पोर्चुगिज टोली पोर्टोलाई २–० गोलले हराएको थियो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन नाबी क्वेटा र रोबर्टो फिर्मिनोले एक–एक गोल गरेका थिए । लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको पाँचौ मिनेटमा फिर्मिनोको पासमा क्वेटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको २६औं मिनेटमा अलेक्ससान्द्र अर्नोल्डको पासमा फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि पनि लिभरपुलले गोलमा आफ्नो दबाब कायमै राख्यो । तर, दुवै टोलीले गोल गर्न असफल भएपछि लिरभपुलले खेलको नतिजा २–० ले आफ्नो पक्षमा पा¥यो । यी दुईबीच दोस्रो लेग आगामी विहिबार पोर्टोको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्