अचम्मैको आन्दोलन



कार्यकर्ता भन्दा नेता धेरै भएको पार्टी हो राष्ट्रिय जनता पार्टी (राजपा) । राजपा–सरकार वीच जुहारी चलिरहन्छ । जुहारी चलेन भने राजपा नै नचिनिने हो कि जस्तो लाग्छ । केही समय अघि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तर सरकारले भाऊ नदिएको झ्वाकमा सो पार्टी विभिन्न मागका साथ आन्दोलनमा उत्रिएको छ ।

सो पार्टीको चाल अचम्मै छ भन्या, बारा र पर्सामा हावाहुन्डरीले तिरिमिरी झ्याई पा¥या छ । तर राजपा पीडित परिवारको विषयलाई लिएर आन्दोलनमा उत्रिएको भने होइन । वर्षा अघि नै पीडित परिवारको घर कसरी ठड्¥याउने, त्यहाँको जिवनशैली कसरी विगतकै अवस्थामा फर्काउन सरकारलाई दवाव दिने भन्ने प्रकृतिको आन्दोलन होइन ।

संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीलाई तत्काल रिहाई गर्नुपर्ने भन्दै राजपाले आन्दोलन घोषणा गरेको हो । प्रदेश २मा सोही पार्टीको सरकार छ । प्रदेश सरकार मार्फत हावाहुरी पीडित परिवारलाई महलम लगाउने कुरो आन्दोलनको एजेन्डामा देखिएन, कतै धरहराको दुरविन पुरानो भएर पो हो कि ?

प्रतिक्रिया दिनुहोस्