३ सय भन्दा बढीले लिए, सगरमाथा आरोहणको अनुमति



दीपेन्द्र थापा, काठमाडौं ।

यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वाेच्व शिखर सगरमाथाको आरोहणका लागि ३ सय भन्दा बढीले आरोहणले अनुमति लिएका छन् । (६ पुरुष/६ महिला नेपाली) ४२ देशका ३० समूहमा २ सय ५१ पुरुष र ४९ महिला सहित कुल ३ सय जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

यस वर्ष सगरमाथा आरोहण गर्नको लागि भारत बाट ६७,अमेरिका बाट ६३,चीनबाट ४०,बेलायतबाट ३९, नेपाल बाट १२ जना गरी कुल ३ सयले मंगलबार सम्म आरोहण अनुमति लिएका छन् ।जसमा रोयल्टी दस्तुर वापत ३४ करोड ८३ लाख ७२ हजार २ सय १२ रुपिया“ संकलन भएको छ । सगरमाथा आरोहणका लागि विदेशीले सगरमाथा आरोहण अनुमति लिन प्रति व्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ ।भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपिया“ रोयल्टी तिर्नुपर्ने प्रावधान रहेको छ ।

८ हजार ८ सय ४८ मिटरको सर्वोच्व शिखर सगरमाथा आरोहणका लागि ३० समुहका आरोही समूह त्यसतर्फ लागेको विभागका निर्देशक थापाले बताउनुभयो । सगरमाथा सहितका हिमाल आरोहणका लागि आरोहीहरु व्रिफिङ सकेर गन्तव्यमा लागेका हुन् ।

२० हिमालमा ६ सय ९ आरोहीले लिए आरोहणको अनुमति

पर्यटन विभागले हिमाल आरोहणको लागि ६ हजार भन्दा माथि (थापा पकि ६ हजार १२) देखि ८ हजार ८ सय ४८ मिटरसम्मका (सगरमाथा सहित) अग्ला २० हिमाल आरोहणको लागि ६९ समुहका ६ सय ९ जनाले अनुमति लिएका छन् ।
विभागले दिएको जानकारी अनुसार सगरमाथा(८८४८ मिटर)मा ३ सय जना दोश्रो ल्होत्से (८५१६ मिटर) मा ५९ जना, मकालु (८४६३ मिटर) मा ५३ जना, अमाडव्लम(६८१४ मिटर) ४१ जना,अन्नपूर्ण प्रथम (८०९१ मिटर) मा २३ जना, सहित विभिन्न हिमालमा ६ सय ९ जनाले अनुमति लिएका हु्न् ।जसवाट ३९ करोड १८ लाख ३६ हजार ५५ रुपिया“ रोयल्टी संकलन भएको छ ।

सरकारले आरोहीहरको नियमन र अनुगमन गर्नको लागि ५ दर्जन भन्दा बढिसम्पर्क अधिर्कत (लियाजन अफिसर) खटाएको छ । जसका लागि मन्त्रालय र विभागबाट नासु देखि उपसचिव सम्मका कर्मचारीलाई ७ दिनको तालिम दिएर खटाउने गरेको छ ।पर्वतारोहण नियमावली अनुसार ६ हजार ५ सय भन्दा बढीको उचाई भएको हिमाल आरोहणमा सरकारले सम्र्पक अधिकृत खटाउने व्यवस्था छ ।

विभागले यसपटक हिमाल आरोहण खटाउने सम्पर्क अधिकृत (लियाजन अफिसर)को टिलीलाई समावेशी वनाएर महिलाहरुलाई पनि खटाएको निर्देशक थापाको भनाई छ । विभागले निजामती कर्मचारीबाहेक नेपाली सेना, प्रहरीलाई पनि खटाएको छ ।

सगरमाथाको सफाई गरिने

आरोहीहरुको संख्यामा वृद्धि भएस“गै सगरमाथामा बढेर गएको फोहोर सफाईको काम गरिने भएको छ । पर्यटन विभागको सहकार्यमा नेपाल पर्यटन बोर्ड, खुम्बु गाउ“पालिका, सुरक्षा निकायका ३ वटै अंग पर्वतारोहण संघको सहयोगमा सगरमाथा सफाईको काम गर्न लागिएको विभागका निर्देशक मिरा आचार्यले बताउनुभयो ।‘विभागले अप्रिल ३ देखि सफाई गर्ने गरी गृहकार्य गरिरहेको ‘निर्देशक आर्चायले भन्नुभयो– ‘यसको लागि शेर्पा, तालिम प्राप्त सुरक्षा निकायका प्रतिनिधिहरु सफाईको अगुवाई गर्ने छन् । आरोहणको लागि मार्ग समेत आईसफल डाक्टरहरुले क्याम २ सम्मको बाटो बनाई सकेका छन् ।

यसको अलवा अन्य काम पनि भईरहेको छ । निर्देशक आचार्यका अनुसार बाटो , हेलिप्याड निमार्णको काम तीब्र रुपमा भइरहेको छ । आरोहणलाई पारदर्शी बनाउनको लागि २ वर्ष देखि जीपिएस ट्रयाकिङ सिस्टमबाट हिमाल आरोहणको दृश्य कैद गर्ने भनिए पनि प्राविधिक तयारी नपुगेको भन्दै विभागले सो काम पुरा गर्न सकेको छैन ।

सगरमाथाको उचाई नाप्न टोली प्रस्थान

सगरमाथाको उचाई नाप्नको लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधवार आधार शिविर तर्फ प्र्रस्थान गरेको छ । टोलीलाई प्रधानमन्त्री केपीशर्मा ओलीले बिदाई गर्नुभयो ।टोलीमा नापीका अधिकृत संयोजक खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहनु भएको छ ।

गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य रहेर शिखरको आरोहण गर्नुभएको थियो ।टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना रहेको छ ।टोलीमा तालीम प्राप्त शेर्पाहरु प्राविधिक र नेशनल जोग्राफिका प्रतिनीधिले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) मेसिनले उचाईको तथ्यांक संकलन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्