पोखरेलको अल्कोहलिक लभमा प्रियंका



गायक तथा गीतकार सिताराम पोखरेलले नयाँ गीत सार्वजनिक गरेका छन्। पोखरेलको अल्कोहोलिक लभ बोलको नयाँ गीत मंगलबार युट्युबमार्पmत सार्वजनिक गरिएको हो।

उनले यो गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्। आप्mना हरेक गीतलाई फरक रुपमा प्रस्तुत गर्ने क्रममा नायिकाहरुलाई अभिनय र नृत्य गराउँदै आएका गायक पोखरेलले यो गीतमा नायिका प्रियंका कार्कीलाई प्रस्तुत गरेका छन्। प्रियंकाका साथमा अभिनेता विनोद न्यौपानेले यसमा नृत्य गरेका छन्।

गीतमा गायक पोखरेलको साथमा गायिका मीना निरौलाले स्वर दिएकी छिन् भने शव्द रचना ललिता कुँवर र संगीत राहुल प्रधानको छ। गायक पोखरेल लर गायिका निरौला पनि डान्सिङ विटमा देखिएको भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका छन्। ओएसआरले सार्वजनिक गरेको यो भिडियो सितारामको १९औं म्युजिक भिडियो हो।

प्रतिक्रिया दिनुहोस्