लभ स्टेशनलाई ३ दिनमा २ करोड !



गत शुक्रवार अल नेपाल रिलीज भएको फिल्म लभ स्टेशनले ३ दिनमा करिब २ करोडको ग्रस व्यापार गरेको यसको निर्माण समहले दावी गरेको छ।

फिल्म देशभरका १ सय ४ पर्दामा एकसाथ रिलीजमा आएको थियो। ‘हाम्रो फिल्मले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोड छ।

आईतबारसम्मको व्यापार हेर्दा लभ स्टेशनले लभगभ २ करोडको व्यापार गरेको छु लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले दावी गरे ‘आईतबार र सोमबारको व्यापार पनि राम्रो छ।

फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काप्mले, कालु राना, रश्मि पाण्डेलगायतले अभनिय गरेका छन्।

काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्म उज्ज्वल घिमिरेको निर्देशनमा बनेको छ। फिल्ममा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत, शिशिर खातीको कोरियोग्राफी, आलोक शुक्लाको छायांकन तथा अर्ज‘न जिसी र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्