टाइम्सले पायो लिनिङको साथ



काठमाडौं, (नेस)
टाइम्स बास्केटबल क्लब र खेलकुद सामग्री निर्माता लिनिङ नेपालबीच मङ्गलबार दुई बर्षको सम्झौता भएको छ ।

सम्झौता अनुसार लिनिङ नेपालले क्लबलाई दुई बर्षका लागि बास्केटबल सामग्री प्रदान गर्नेछ । ५ लाख भन्दा बढीको सम्झौता गरेको लिनिङले टाइम्स बास्केटबल क्लबलाई बर्षको दुई पटक जर्सि, जुत्ता, मोजा र बास्केटबल लगायतका सामग्रीहरु प्रदान गर्नेछ ।

टाइम्स इन्टनरनेशनल कलेजमा मङ्गलबार भएको एक कार्यक्रमकाबीच कलेजका अध्यक्ष टिकाराम सापकोटा, लिनिङ नेपालका अध्यक्ष राजन महर्जन र टाइम्स इन्टरनेशनल क्लबका कप्तान सदिश प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

टाइम्स आउदो बैशाख ७ गतेदेखि शुरु हुन गइरहेको नेपाल बास्केटबल लिगको ८ मध्ये एक टिम हो । ५५ दिनसम्म होम एण्ड अवेका आधारमा खेलाइने नेपाल बास्केटबल लिग नेपाली बास्केटबलकै हालसम्मको ठूलो र लामो लिग प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्