झापा बाहिरियो



पाँचथर, (नेस)
युनाइटेड एफसी दार्जिलिङ डिफेन्डिङ च्याम्पियन बिर्तामोड यूनाइटेड क्लब झापालाई ३–२ गोल अन्तरले पराजित गर्दै फिदिममा जारी पाँचथर गोल्ड कपको सेमिफाइनलमा पुगेको छ।

मंगलबारको खेलमा १९औं मिनेटमा झापाका खेलाडी दिलेन लोक्तामले आप्mनो गोल पोष्टमा बललाई क्लियर गर्न खोज्दा आत्मघाती गोल भए पछि दार्जिलिङले अग्रता लिएको थियो । करण राईले २७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । २–० ले पछि परेको झापाको तर्फबाट ८० औं मिनेटमा दिलेन लोक्तामले दार्जिलिङको डिबक्सको १० मिटर टाडाबाट प्रहार गरेको बलले जाली चुमे पछि अन्तर खुम्च्याएको थियो । त्यसको चार मिनेटमै झापाका बिशाल राईले शुन्दर गोल गर्दै बराबरीको अबस्थामा नतिजा पु¥याए ।

बराबरीको अबस्थालाई उल्टाउँदै इन्जुरी समयमा दार्जिलिङका गणेश लिम्बुको पासलाई करण राईले गोल गर्दै ३–२ गोलको नतिजा पु¥याए । खेलमा म्यान अफद म्याचको पुरस्कार दार्जिलिङका करण राईले प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्