‘भौतिक पूर्वाधारले सम्पन्न बनाउँछौ’



कैलाश प्रसाद ढुंगेल
आर्थिक मामिला तथा योजना मन्त्री, प्रदेश नम्बर ३
रामेछाप जिल्लामा भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउन प्रदेश सरकारले ध्यान दिएको छ । जिल्ला भौतिक पूर्वाधार उत्पादन, पर्यटन, सामाजिक आर्थिक रुपमा पछि परेको छ । अब सधै पछाडि परेर गुज्रिनु पर्छ भन्ने छैन् ।

संविधान अुनसार तीन तहको सरकार बनेको छ । सरकारले संविधान कार्यान्वय गर्दै विकास निर्माणको गतिलाई अगाडि बढाएको छ । सरकारले विकासको दृष्टिकोणले पछाडि परेको क्षेत्रलाई विकास गर्ने, विकासबाट बञ्चित भएका नागरिकहरुलाई विकासको पहुँचमा ल्याउने उदेश्य राखेको छ । प्रदेश सरकारले रामेछापका चार सडक कालोपत्रे गर्नको लागि बहुबर्षिय आयोजना मार्फत बजेट विनियोजन गरेको छ । आगामी बर्ष जिल्लाको रणनैतिक सडक पहिचान भइसकेकाले प्राथमिकताको आधारमा थप सडकमा कालोपत्रे गर्न बजेट विनियोजन हुन्छ ।

रामेछाप जिल्ला ऐतिहासिक, सांस्कृतिक, धार्मिक पर्यटकीय रुपमा धनी भएपनि आर्थिक रुपमा अझै सम्पन्न हुन सकेको छैन् । रामेछापलाई तीनलालको जिल्लाको रुपमा चिनिदै आएको छ । गंगालाल पुष्पलाल कृष्णलाल जन्माउने जिल्ला पनि रामेछाप नै हो । ऐतिहासिक जिल्ला भएर पनि भौतिक पूर्वाधार निर्माणको दृष्टिकोणले पछाडि परेको छ । अब सधै पछाडि परेर रहन सक्दैन । जिल्लालाई भौतिक पूर्वाधारले सम्पन्न बनाउने योजना अगाडि सारिएका छौं ।

प्राजेक्ट बैंक मार्फत सडक निर्माणसँगै अन्य भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढाउछौं । अब परम्परागत रुपमा हुने विकास निर्माणको कामलाई विस्थापित गर्दै योजनाबद्ध र आधुनिक ढंगले विकासको काम हुन्छ । अब विकसित र समृद्ध रामेछाप बन्छ । सडक निर्माणसँगै खानेपानी, स्वास्थ्य शिक्षा लगायतको विषयमा पनि प्रदेश सरकारले ध्यान दिएको छ । यो सरकार जनताको जीवनमा परिवर्तन ल्याउनको लागि आएको हो ।

निर्वाचमा जनतासँग गरिएको चुनावी प्रतिबद्धता पत्रको आधारमा काम अगाढि बढाइएको छ । चुनावी प्रतिबद्धता अनुसार नै जिल्लाको विकासको लागि काम अगाडि बढाउछौं । रामेछाप जिल्लाको आठ वटै स्थानीय तहलाई समृद्ध बनाउने गरी विकास निर्माणको काम अगाडि बढछ ।

प्रतिक्रिया दिनुहोस्