सशस्त्रलाई हराउँदै आर्मी क्लब फाइनलमा



चौतारा ।
सिन्धुपाल्चोकको चौतारामा सञ्चालन भइरहेको दोस्रो मेयरकप फुटबलको आज भएको सेमी फाइनलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपिएफलाई शून्यका विरुद्ध ३ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय ९० मिनेटसम्म दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा आर्मी क्लब विजयी भएको हो । आगामी २८ गते त्रिभुवन आर्मी क्लब र यसअघि नै फाइनल प्रवेश गरिसकेको रानीपोखरी कर्नर टिम आरसिटीबीच फाइनल खेल हुने आयोजक संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो ।

विजेता टोलीले रु पाँच लाख पाँच हजार र उपविजेताले रु दुई लाख पाँच हजार पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सर्वाधिक गोलकर्ताले नगद रु २० हजार पुरस्कार प्राप्त गर्नेछ । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, ललितपुर र काठमाडौँका १२ टोलीले भाग लिएको प्रतियोगिता गएको २० गतेदेखि शुरु भएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्