मन्त्रीको राजिनामा



वासिंगटन,(एजेन्सी)
अमेरिकाको मातृभुमि सुरक्षा मामिला मन्त्री किस्र्टजेन नियल्सनले पदबाट राजिनामा दिएकीछिन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको केहि विवादास्पद सिमा नीतिको खुलेरै समर्थन गरेकीथिइन् । ट्रम्पले केहि समयका लागि उनको स्थानमा भंसार तथा सिमा रक्षा आयुक्त केभिन म्याकएलिनानले काम गर्ने जानकारी दिएका छन् ।

नियल्सन मेक्सिको सिमानामा पर्खाल निर्माण प्रस्ताव र आप्रवासी परिवारहरुको बिछोडका लागि जिम्मेवार रहेका छन् । राष्ट्रपति ट्रम्पले आप्रवासी नीति विरुद्ध कडा कदम चाल्ने संकेत दिएपछि उनले राजिनामा दिएकी हुन् । ट्रम्पले उनलाई कडा नभएके आरोप लगाउने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्