न समर्थन न विद्रोह



चैत अन्तिम भएर बैशाख लाग्न आटिसक्यो । तर मौसम मध्य हिउँदको जस्ताे छ,  हरेक दिन च्यालेन्ज ग-या छ । अब त गर्मी चड्छ पातलो लुगा लगाउन पाइन्छ भन्यो फेरी पानी पर्छ अनि जाडोले हिउँद सम्झाउँछ । त्यसैले त जिमसिम गएर ज्यान बनाएकाहरुले न पाखुरा प्रर्दशन गर्न पा’छन् न त बारुले कम्मरवाला लड्कीहरुले जिरो फिगर देखाउन पा’छन् ।

लड्कीहरका ममी, आन्टी र फुपुहरलाई पनि उस्तै खटपट भएको धरहराबाट प्रष्टै नियाल्न सकिन्छ । मौसमले कपडा पसलेलाई पनि तिरिमिरी झ्याइँ पा-या छ । होलसेल र खुद्रा पसले छुट्याएको छैन । न पातलो कपडा मात्रै बेच्नु न बाक्लो मात्रै, उनलाई पर्नु पिर प-या छ । बाक्लो कपडा थन्क्याएर पातलो बेचौं भन्यो फेरी जाडो सलबलाईहाल्छ । कपडा किन्ने प्लान बनाएकाहरलाई पनि उस्तै छ सास्ती ।

घरमा पनि उस्तै छ कुरो । ‘अब त बाक्लो सिरक थन्क्याक्ए हुन्छ आजदेखि पातलो ओढौ’ भन्ने घर विरलै भेटिएला । बरु दुईटा सिरक खप्टिएर ओड्नेहरको जमात अझै बाक्लै छ । के गर्नु, कुरो मौसमको प-यो । सरकार, कुनै राजनीतिक दल वा अन्य देशी विदेशी शक्तिका कारणले यस्तो भा भए ऊ विरुद्ध शसक्त आन्दोलनमा उत्रिँदा हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्