प्रदेश ५ का सभासदद्धारा हुरी पीडितलाई एक दिनको पारिश्रमिक दिने घोषणा



यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन ।
प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन अघि आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिकको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको सहयोग १ हजार ५ सय रुपैयाँ हुन आउँछ ।
प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् ।जसमध्ये एक जना प्रदेश सभा सदस्यको मुत्यु भएकोले ८६ जना रहेका छन ।
यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्