विपन्न महिलालाई जनप्रतिनिधीद्धारा वाख्रा वितरण्



पाल्पा, वगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले विपन्न महिलाहरुको आय आर्जनमा सहयोग हुने गरी व्यक्तिगत प्रयासमा वाख्रा खरीद गरि वितरण गरेका छन ।

गाउ पालिकाका अध्यक्ष र वडा अध्यक्षले सो गाउ पालिकाको वडा ६ गुँगाका महिला किसानहरुलाई यसरी बाख्रा वितरण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष कुष्ण प्रसाद बस्यालले रु ३० हजार, वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले रु १० हजार र वडा कार्यालयको २५ हजार आर्थिक सहयोगमा बाख्रा खरिद गरिएको हो ।

गुँरास नागरिक सचेतना केन्द्रको आयोजनामा गुँगाका महिला कृषकहरुलाई जनप्रतिनिधिहरुले बाख्रा वितरण गरेका हुन् । नागरिक सचेतना केन्द्रमा आवद्ध १३ जना महिला कृषकहरुलाई एक÷एक वटा बाख्रा दिइएको थियो ।

दलित र विपन्न वर्गका महिलाहरुलाई आयआर्जनमा लागि आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । बाख्रा वितरण कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले सामान्य आय भएका किसानहरुलाई व्यवसायिक रुपमा लाग्न आफूले पाएको पारिश्रमिकबाट आर्थिक सहयोग गरेको बताउनु भयो ।

उहाले किसानहरु समृद्धि भए मात्रा गाउँपालिका समृद्धि हुने भन्दै सबै वर्ग र क्षेत्रका किसानहरुलाई आयआर्जमा लाग्न आग्रह गर्दै स्थानीय सरकारले कृषकहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याएको र आफूले पनि व्यक्तिगत रुपमा विपन्न वर्गका कृषकहरुको उत्थानका लागि आर्थिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले किसानहरुलाई आयमूलक क्षेत्रमा लाग्न वडा तहबाटै विशेष कार्यक्रमहरु ल्याइएको जानकारी दिदै वडा स्तरबाटै कृषिलाई प्राथमिकता दिएर अगाडि बढेकाले महिलाहरुलाई व्यवसायिक रुपमा लाग्न आग्रह गर्नुभयो ।

आय आर्जनका लागि बाख्रा पाए पछि खुसी हुँदै धनिश्वरा विकले अब आफुले बाख्रा पालेर व्यवसायिक रुपमा अगाडि बढ्ने बताउनु भयो । कार्यक्रम केन्द्रकी अध्यक्ष रम्भा विकको अध्यक्षता, सदस्य विष्णु कुंवरको स्वागत, सचिव कमला थापाको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्