विन्डमिलको विरोध



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हावाबाट विद्युत निकाल्ने नितिको प्राय आलोचना गर्दै आइरहेको देखिन्छ । तर यसपटक उनले उक्त विद्युत निकाल्न प्रयोग हुने विन्डमिल्सबाट निस्कने आवाज क्यान्सरको कारक भएको बताएपछि विरोधी मात्र होइन, मित्रहरुपनि आश्चर्यचकित परेका छन् ।

सभामुख नेन्सी पेलोसीले ट्रम्पको उक्त बयानलाई बेवकुफले भरेको बताएकी छिन् । थर्मल विद्युत अर्थात काईलाबाट विजुली उत्पादनका कट्टर समर्थक ट्रम्पले आपना र्यालीहरुमा विन्डमिल्स र हावाबाट विद्युत उत्पादन गर्ने विषयलाई उडाउने गरेका छन् । आगामी राष्ट्रपति चुनावका लागि पैसा उठाउन आयोजित कार्यक्रममा उनले उक्त कुरा राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्