दलको साथ लिएर व्यवसायी चुनावी मैदानमा



नेपाल समाचारपत्र
नुवाकोट
उद्योग वाणिज्य संघ नुवाकोटको निर्वाचनमा जिल्लाका उद्योगी व्यवसायीलाई चुनावी चटारो लागेको छ। निर्वाचनको लागि नेकपा र नेपाली कांग्रेस समर्थित व्यवसायी चुनावी मैदानमा उत्रिएका छन्।

नेकपाको समर्थनमा रमेश श्रेष्ठ र नेपाली कांग्रेसको समर्थनमा ताराबहादुर कार्कीको प्यालन चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। शनिबार हुने संघको १६औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले संघले नयाँ नेतृत्व चयन गर्न लागेको हो। सहमतिको आधारमा नेतृत्व चयन गर्ने पूर्वसहमति विथोलिएपछि संघको नेतृत्व हात पार्ने दाउमा दुवै समूह चुनावी रणनीतिमा लागेका हुन्।

मनोनयनपत्र दर्ता गरेसँगै दुवै प्यानल मतदाताको मन जितेर आफ्नाृ पक्षमा मत लिनको लागि घरदैलो अभियानमा लागेका छन्।

अघिल्लो निर्वाचनमा कार्कीसँग झिनो मतान्तरले पराजित भएका श्रेष्ठ फेरि टक्कर दिन आएपछि कार्की प्यालन झस्किएको छ भने श्रेष्ठ प्यालन पनि अघिल्लो पटकको आफ्नो मत सुरक्षित गर्दै कार्की टिमलाई पराजित गराउने मत पाइँदैन कि भन्ने दुविधामा रहेको छ। अघिल्लो अधिवेशनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ कार्कीसँग ७ मत अन्तरले पराजित भएका थिए।

संघको १०औं अधिवेशनले नुवाकोट उद्योग वाणिज्य संघमा ८ पदाधिकारीसहित २३ सदस्यीय कार्य समितिको चयन गर्नेछ। वरिष्ठ उपाध्यक्षमा कार्की प्यानलबाट अहिलेका कोषाध्यक्ष गीता अमात्य र श्रेष्ठ प्यानलबाट पूर्वमहासचिब इन्जिनियर रामकृष्ण राजभण्डारीबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै प्रथम उपाध्यक्षमा कार्की प्यानलबाट राजेन्द्र श्रेष्ठ र श्रेष्ठ प्यानलबाट उसनमान श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। द्वितीय उपाध्यक्षमा अहिलेका प्रवक्ता कार्की प्यानलका सन्तोष उप्रेती र श्रेष्ठ प्यानलबाट लिडर श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। श्रेष्ठ प्यानलबाट महासचिव दीपक कायस्थ र कार्की प्यानलबाट कृष्ण अधिकारी बीचमा प्रतिस्पर्धा हुनेछ।

यस्तै, सचिवमा कार्की प्यानलका उपेन्द बुढाथोकी र श्रेष्ठ प्यानलबाट राजु बोगटी, कोषाध्यक्ष पदमा कार्कीको टिमबाट दिनेश श्रेष्ठ र श्रेष्ठको टिमबाट राजाराम अधिकारीबीच प्रतिस्पर्धा हुने छ। प्रवक्तामा कार्की प्यानलका सबिनराज भण्डारी र श्रेष्ठ प्यानलका श्याम सुन्दर श्रेष्ठको प्रतिस्पर्धा हुनेछ।

श्रेष्ठ प्यानलबाट पवन नेपाल, सञ्जिब थपलिया, रामधन ढकाल, दीपक तिमल्सिना, नारायण पौडेल, ईश्वर पौडेल, सेल्बोन तामाङ, श्यामकुमार कुँबर, विनयप्रसाद लामिछाने र श्यामसुन्दर कुँबर सदस्य पदका उम्मेदवार रहेका छन्। महिला सदस्यहरूमा लक्ष्मीकुमारी प्रधान, विष्णुमाया डंगोल र शर्मिला अर्यालको उम्मेदवारी परेको छ। वस्तुगत सदस्यहरूमा श्रेष्ठ प्यानलबाट बुद्धिप्रसाद रिजाल र प्रकाश भण्डारीको उम्मेदवारी परेको छ।

कार्की प्यानलबाट सदस्यहरूमा विष्णु प्याकुरेल, सुमन भण्डारी, मधुसुदन थपलिया, गगन लामा, उद्धब पन्थ, लक्ष्मण लामिछाने, सुनिल बज्राचार्य, मेघनाथ घिमिरे, निरोज खड्गी, सरोज श्रेष्ठको उम्मेदवारी परेको छ। यस्तै, महिला सदस्यहरूमा लिस्ना प्रधान, ज्ञानु गिरी, र अञ्जली श्रेष्ठ रहेका छन्। कार्की प्यानलबाटै वस्तुगत सदस्यमा ध्रुबकुमार रावल र उत्तम ढकालको उम्मेदवारी परेको छ।

प्रतिक्रिया दिनुहोस्