बिहेअघि नै गर्भवती घोषणा



ब्रिटेनकी बलिउड नायिका यमी ज्याक्सन लामो समयदेखि आफ्नो प्रेमी जर्ज प्यानयिटुसँग प्रेममा छिन्। समाचारअनुसार उनीहरू छिट्टै विवाह पनि गर्दै छन्।

तर विवाहको घोषणाभन्दा पहिले उनले आफू गर्भवती भएको घोषणा गरेकी छिन्। उनले आफ्नो सामाजिक सञ्जालमा प्रेमीसँगको फोटो सेयर गरेकी छिन्। जहाँ उनको बेबी बम्प प्रस्ट देखिन्छ। साथै उनले फोटोमा लेखेकी छिन्– ‘मैले धेरै समयदेखि यसबारे बताउन चाहेकी थिएँ। आज मदर्स डे हो। योभन्दा राम्रो अवसर अरू दिन हुन सक्दैन। म तिमीलाई दुनियाँमा सबैभन्दा बढी माया गर्छु। म तिम्रो आगमनको प्रतिक्षामा छु।’

जर्ज प्यानयिटु एक बिजनेस म्यान हुन्। एमी र प्यानयिटुबीच सन् २०१५ मा एक साझा साथीमार्फत कुराकानी भएको थियो। त्यसपछि उनीहरूको दोस्ती बढ्यो र प्रेममा परिणत भयो। खबरअनुसार उनीहरू ग्रिसमा विवाहको लागि भेन्यु खोजिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्