अशोकको कम्मरमा गाग्री



तड्पिरहेछु, गएर टाढा, उनको मेरो, अचम्मको परिभाषाजस्ता गीतका गायक अशोक बरालले नयाँ गीत सार्वजनिक गरेका छन्।

उनको स्वरमा रहेको गीत कम्मरमा गाग्री सार्वजनिक गरिएको हो। श्रीपुरुष ढकालको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको गीतको भिडियोमा श्रीदेव भट्टराई र उषा खनाललाई फिचरिङ गरिएको छ भने देवेन्द्र नेवाको कोरियोग्राफ रहेको गीतको भिडियोमा रामसिंह भाटको छायांकन र वीरेन्द्रकै सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्