यात्राको डुली डुली सार्वजनिक



आगामी शुक्रबार रिलिज हुने फिल्म यात्रा ः अ म्युजिकल भ्लगको तेस्रो गीत सार्वजनिक गरिएको छ। डुली डुली बोलको यो गीत मेलिना राईले गाएकी छिन् भने दिवेश उप्रेती र प्रतीक पौडेलको शब्दरचना तथा प्रतीकका साथ कोविद बज्रको संगीत रहेको छ।

गीत फिल्मको डेब्यु गर्ल मलिका महतमा केन्द्रित छ। गाउँकी तपस्या शहर आइसकेपछि हुने कन्सर्टमा गीत केन्द्रित छ। उनी दृष्टिविहीन भूमिकामा छिन्। गीतमा उनका साथमा सलिनमान बनिया, जान्वी बस्नेत, रेअर राई, विशाल कटवाल, प्रेक्षा बज्राचार्यलगायतलाई पनि देखाइएको छ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनमान, मल्लिका महतसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन्।

फिल्ममा कथा निर्देशक सम्राटकै रहेको छ। उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीको लेखन रहेको छ। फिल्ममा संगीत शम्भुजित बासकोटा, प्रतीक पौडेल र कोविद बज्रको, कोरियोग्राफी प्रवीन सिंह, द्वन्द्व हिमाल केसी, छायांकन सञ्जय लामा र सम्पादन बनिश शाहको रहेको छ।

प्रतिक्रिया दिनुहोस्