क्षमा याचना



बेइजिंग,(एजेन्सी
चिनिया – स्विडेनी अभिनेता झाओ लिसिनले चीनमा आक्रमण गर्ने जापानी फौजको प्रतिरक्ष गर्न खोजेकोमा क्षमा मागेका छन् । मंगलवार सामाजिक संजालमा झाओले दोश्रो चीन – जापान युद्धको दौरान जापानी फौजले बेइजिंग प्यालेस म्युजियम किन ध्वस्त नगरेको होला भनी प्रश्न गरेका थिए ।

उनको यस भनाईलाई अनलाइनमा व्यापक आलोचना गर्दै युजरहरुले उनले आफ्नो मूल जन्मथलो बिर्सेको आरोप लगाएका थिए । झाओको सामाजिक संजाल साइट साइना वेइवोमा राखिएको सक्कली पोस्ट डिलेट गरिएको छ । यसको स्क्रिनसट चीनमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्