तक्माको तागत



भनिन्छ–स्कूल, कलेज सरस्वतीको मन्दिर हो । शिक्षक÷विद्यार्थी मन्दिरका पुजारी र भक्त । पुजारीले विद्यार्थीलाई ज्ञान र अनुभव बाढ्छन्, विद्यार्थीले पनि आफ्ना गुरुलाई आदर र सम्मान गर्छन् । तर पुजारीले खेलोफड्को फराकिलो बनाउँछन्, ध्यान चित्त मन्दिर र भक्तप्रति समपर्ति हुँदैन तब मन्दिर मन्दिर रहँदैन ।


चितवनको रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक विष्णुराज ओझाको मन्दिर मोह अन्यत्रै मोडिन थालेसी विद्यार्थीले उनलाई राम्रै पाठ पढाएका छन् । ओझाले एक महिनाको कोर्स ४ दिनमै खरर साङ्गे गरेसी विद्यार्थीले बहुमूल्य तक्मा ओडाएका छन् । जुत्ताको माला र कालो मोसो ।
त्यस्तो दृश्य देखेसी धरहरालाई लाग्यो अन्यत्रका पुजारीलाई पनि यस्तै तक्माले विभूषित गर्न ढिला भइसक्या छ । यस्तै तक्माको तागतले मात्रै शैक्षिक गुणस्तर कायम हुन्थ्यो कि ?

प्रतिक्रिया दिनुहोस्