ट्रम्पको गलत बयान



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका पिताको जन्मस्थान न्युयोर्क सिटी नभइ जर्मनी भएको बताए । ह्वाइट हाउसमा पत्रकारहरुसँगको कुराकानीमा उनले भने– मेरा पिता जर्मन थिए । उनको जन्म जर्मनीको अत्यन्त सुदर ठाउमा भएको थियो त्यसैले जर्मनीसँग मेरो ठुलो भावनात्मक सम्बन्ध रहेको छ ।

‘नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँगको बैठकका क्रममा ट्रम्पले सो कुरा बताएका हो । वास्तवमा ट्रम्पका पिता फ्रेडेरिक क्रिस्ट ट्रम्प सन् १९०५ अक्टोबर ११ मा ब्रोन्क्समा जन्मेका थिए । आफना पिताको जन्मका बारेमा ट्रम्पको यो गलत बयान पहिलो होइन । यसअघि सन् २०१८ को एक अन्तरवार्तामा पनि सोही कुरा भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्