वन्यजन्तु घरमै पाल्न दिइने



काठमाडौँ ।
सरकारले वन्यजन्तुको अवैध चोरी शिकारी नियन्त्रण गर्न केही जन्तु घर पालुवा सो सरह पाल्ने दिने तयारी गरेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई अनुसरण गर्दै वन मन्त्रालयले संरक्षित जन्तु पाल्न दिने नीतिको गृहकार्य गरेको हो ।

मन्त्रालयको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमको कार्यशालामा बोल्दै वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले भन्नुभयो–‘घरमै वन्यजन्तु पालन गर्न दिइयो भने संरक्षित वन्यजन्तुको चोरी शिकारी पनि घट्छ ।’

मन्त्रालयले हालै जारी गरेको राष्ट्रिय वन नीति मा वन्यजन्तुको पालन, प्रजनन्, व्यवसायीकरण तथा निर्यातका लागि सामुदायिक, सहकारी, तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख छ ।

घरमै जनावर पाल्न पाल्ने प्रावधान कार्यान्वयन भएपछि जोखिम मोलेर शिकारीहरु बन जंगल नधाउने मन्त्री बस्नेतको भनाई थियो । तर के कस्ता जनावर पाल्न दिने भन्ने अन्तिम टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्