दुर्गम जिल्लामा सक्रिय डा. आचार्य



विकट जिल्ला दैलेखको कूसापानीमा जन्मेर स्वास्थ्य र शिक्षा क्षेत्रमा एक पृथक परिचयको रुपमा स्थापित बन्न सफल डा. रमेश कुमार आचार्य नेपालको एक सामाजिक अभियन्ता र आधुनिक स्वास्थ्य विज्ञानको अनुसन्धानकर्ता हुन ।

नेपालको पच्चीस प्रतिशत जनताहरु हालसम्म पनि प्रत्यक्ष स्वास्थ्य शिविर र उपचारबाट वञ्चित छन् । उनीहरुको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले नेपालका विकट पहाडी, तराई र हिमाली जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य र विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, स्कुल बालबालिका स्वास्थ्य शिविर कार्यक्रम, गरिब र पिछडीएका जनताको निःशुल्क स्वास्थ्य उपचार कार्यक्रमका महान अभियानमा क्रियाशिल एक व्यक्ति हुन आचार्य । नेपालको पूर्वको झापाबाट त कहिले पश्चिमको नेपालगञ्जबाट स्वास्थ्य शिविर चलाउँछन, विगत छोटो समयमा नै निःशुल्क औषधी वितरण, स्वास्थ्य शिविर, विद्यालय बालबालिका शिविर, पिछडीएका दलित बालबालिका, लक्षित कार्यक्रम, मार्फत नेपालमा एक पृथक परिचित नाम हो डा. रमेश आचार्यको ।

उनले नेपाली समाजमा स्वास्थ्य शिविर प्रशिक्षण र अनुसन्धानमूलक कार्यक्रम मार्फत केही न केही भएपनि योगदान गरेको मान्नु पर्छ । लाखौं जनता स्वास्थ्य उपचारबाट वञ्चित र परिस्कृत हुँदै मृत्यु भईरहेको अवस्थामा आफ्नो एक परिचय कायम राख्दै स्वास्थ्य उपचारबाट वञ्चित गरिब, निमुखा, पिछडीएका जनताको स्वास्थ्य उपचारको लागि लागी पर्नेहरु थोरै छन् । सायद यही थोरै भित्र डा.आचार्य पनि पर्छन होला ।

डक्टर्स इन्टरनेशनलको स्थापना गरी विगत ८ वर्ष देखि सयौं डक्टर्सहरुलाई सक्रिय सदस्यता दिई विभिन्न दुर्गम जिल्लाहरुमा पिछडीएका औषधि उपचारबाट वञ्चित विरामीहरुको उपचारको लागि औषधी व्यवस्थापन गरी देश दौडाहमा पुग्ने अगुवा हुन डा. आचार्य । सत्यतालाई आचार्यले खासगरी सामुदायिक स्वास्थ्य कार्यक्रम मार्फत योगदान पु¥याएका छन् । भोलेन्टियर डक्टर्सहरुको संस्था स्थापना गर्ने नेपालको पहिलो व्यक्ति हुन डा. आचार्य । पैसा भन्दा ठूलो सम्पत्ति गरिबका लागि स्वास्थ्य कार्यक्रम मार्फत योगदान दिइरहेका आचार्य नेपाल सरकारको एक मात्र विज्ञान र प्रविधिको अनुसन्धान गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको विज्ञान र प्रविधि वैज्ञानिक कमिटीका सदस्य हुन ।

नास्ट मार्फत विभिन्न रोगहरुको प्रविधिको अनुसन्धानमा क्रियाशिल आचार्य दुर्गम प्रदेश भनेर चिनिने कर्णाली प्रदेश अन्तर्गतको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा मेडिकल कलेज खोल्ने महान अभियानमा लागेका छन् । मध्यपश्चिम विश्वविद्यालय र चीनको च्यूच्याङ विश्वविद्यालयसंग चार अरब नेपाली पैसा डोनेसनमा बनाउने गरी निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको लिखित निर्देशनमा निवर्तमान शिक्षामन्त्री धनीराम पौडेल र विश्वविद्यालयका उपकूलपति प्रा.डा.उपेन्द्र कुमार कोइरालाले संयुक्त रुपमा एम.व.यू. मा २०१६ मा साइन गरी मेडिकल कलेज स्थापनाको लागि कृयाशिल छन् ।

उनकै महत्वकांक्षी योजनाबाट विदेशी सहयोगमा सुर्खेतमा मेडिकल कलेजको ःइग् गराएका हुन । डा. आचार्य ती व्यक्ति हुन जुन त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा कन्फूसिएस इन्स्टीच्यूट स्थापनाको एम.व.यू. गराएर सि.आई. कार्यक्रम संचालनको लागि कृयाशिल छन् ।

आचार्य सामुदायिक स्वास्थ्य कार्यक्रम, अन्वेक्षण र अनुसन्धानमा केही न केही नयाँ गर्ने अग्रपंक्तीमा पर्दछन । सामुदायिक स्वास्थ्य कार्यक्रममा डा. विपिन गौतम, प्रोफेसर विदुर वस्ती, प्रोफेसर डा. मधुसुदन शर्मा, प्रोफेसर डा. जीवराज पोख्रेल, डा. उदय लामिछाने, प्रोफेसर डा. तिर्थराज खनिया, डा. रन्जना शर्मा, प्रोफेसर मुनिराम क्षेत्री, डा. सुखबहादुर गुरुङ्ग का साथै मंगल विश्वकर्मा सामाजिक अभियान्ताका रुपमा परिचितका साथै डम्बर रावल स्वास्थ्य अभियान्तालाई समेटेरै अगाडि बढेकाले पनि उनले गरेको काम पुष्टी हुन्छ ।


अरु भन्दा पृथक काम गर्न रुचाउने आचार्य गरिब र दलित पिछडिएका वर्ग र समुदायको निःशुल्क स्वास्थ्य शिविर र उपचारमा पहुँचकै कारण नेपालको एकमात्र पुरानो गैरसरकारी संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको माननिय खेलकुद मन्त्री जगत विश्वकर्माबाट सम्मान र पुरस्कार पाएका थिए । नेपालको एक मात्र दलितहरुको हकहित, स्वास्थ्य शिक्षा र गरिबको लागी बनेको प्रतिष्ठित एकमात्र सबैभन्दा पुरानो संस्थाको मानार्थ सदस्य जस्तो महत्वपूर्ण सदस्य प्राप्त गरेका थिए ।

डक्टर्स इन्टरनेशनलका अध्यक्ष आचार्य, मध्यपश्चिम विश्वविद्यालय अन्तराष्ट्रिय सल्लाहकार, त्रि.वि. सदस्य सचिव, सि.आई., नास्टको वैज्ञानिक कमिटीका सदस्य, दलित संघको मानार्थ सदस्य साथै र थुर्पै संघसंस्थामा महत्वपूर्ण पदमा क्रियाशील छन् । अरुको संस्था होस् वा आफ्नो किन नहोस आफुले गर्न सकिने योगदान गर्नाका लागी पछि हट्दैनन् आचार्य । संस्थाहरुलाई दिएको योगदान वा स्वास्थ्य शिविर कार्यक्रम, संचालन गर्ने एक थोरै व्यक्तिमा पर्छन् ।

झापा, दैलेख, सुर्खेत, नेपालगंज, जनकपुर, विराटनगर, चितवनका विभिन्न वस्तीमा अवस्थित विद्यालयहरुमा र गाउँपालिकाका साथै उप–स्वास्थ्य चौकीहरु मार्फत निःशुल्क स्वास्थ्य शिविर गराईसकेका आचार्य हालसम्म ३० (तिस) वटा भन्दा बढी जिल्लामा कार्यक्रम संचालन गरिसकेका छन् ।

नेपालबाट पहिलो पटक अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनको पहिलो जज बन्न सफल आचार्य चिनको थोङची मेडिकल विश्वविद्यालयको लिखित, मौखिक र प्रयोगात्मक परिक्षामा उत्कृष्ट भएर जजको भूमिकामा थिए । विभिन्न बत्तीस देशका एम.डी र पि.एच.डी. डक्टरहरुको अन्तराष्ट्रिय सम्मेलनमा उत्कृष्ट भए वापत जजको छनौटमा परेका थिए । आचार्य अवार्डहरुको माध्यमले पनि पुरस्कृत भईसकेका छन । मध्य पश्चिम विश्वविद्यालय अवार्ड, भेनस अस्पताल भोलन्टीएर डक्टर अवार्डको जज, त्रि.वि. अवार्ड, थोङची अन्तर्राष्ट्रिय अवार्ड लगायत थुपै्र पुरस्कार र सम्मानबाट विभुषित छन् ।

यस हिसाबले हेर्दा पनि सामुदायिक स्वास्थ्य अभियन्ता आचार्य, समाज, स्वास्थ्य, गरिबी र पिछडीएका क्षेत्र र बासिन्दाको लागि सक्रिय रुपले नै लागि परेको देखिन्छ । गरिब नेपालीहरुको स्वास्थ्य, शिक्षामा उनले गरेको योगदानको उल्लेख्य रुपमा समिक्षा होला नहोला, कालन्तरमा उनले गरेको निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण, बालबालिका स्वास्थ्य शिविर कार्यक्रम, स्वास्थ्यको पहँुचबाट टाढा रहेका गरिब बिरामीलाई गरेको सहयोग पिछडीएको दलित, राउटे र चेपाङ समुदायलाई गरेको योगदान एउटा हिस्सा बनेर रहन सक्ला भन्ने विश्वास गर्न सकिन्छ ।

आचार्य छोटो समयमा नै सामुदायिक स्वास्थ्य कार्यक्रमबाट नै चर्चामा आउन सफल भएका एक अभियन्ता, स्वास्थ्य अनुसन्धानकर्ताका रुपमा जीवन समर्पित गरिरहने विश्वास व्यक्त गर्दछन् । यसो त अनुसन्धानकर्ता आचार्य यसै क्षेत्रमा लागेर विभिन्न सामाजिक स्वास्थ्य कार्यक्रमहरु मार्फत सामाजिक स्वास्थ्य अभियन्ताको रुपमा योगदान गरिरहने योजना छ ।

उनले गरेको योगदानकै कारण दर्जनौं अवार्डबाट पुरस्कृत छन् भन्दा दुई मत रहँदैन । आचार्य जहाँ जान्छन, त्यहाँ सहयोगको हात फैलाउन पछि पर्दैनन् । भुकम्पको बेला उनको संस्थाले सातवटा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । यसबाट दशौं हजार भुकम्प पिडीत बिरामीहरुले लाभ लिएका थिए । राष्ट्रिय र अन्तराष्ट्रिय कार्यक्रमबाट जम्मा गरेको पैसाले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दछन् ।

समग्रमा भन्दा स्वास्थ्य अभियन्ता आचार्य नेपाली स्वास्थ्यको क्षेत्रमा आफुलाई अब्बल बनाउने दौडमा छन् । नेपालमा बस्ने नेपाली वा विदेशमा काम गरिरहेका गरिब नेपालीलाई आधारभुत स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस भनि सेवा गरिरहने योजना आचार्यले सुनाए । यस अर्थमा सामाजिक स्वास्थ्य अभियन्ता मोह कालान्तरसम्म रहिरहोस र नेपाली स्वास्थ्य क्षेत्रलाई उचाईमा पु¥याउन सकुन यही कामना ।

प्रतिक्रिया दिनुहोस्