डढेलोमा परी २४ को मृत्यु



बेइजिङ (एजेन्सी)
चीनको दक्षिण पश्चिम पान्तको एक जंगलमा लागेको आगोबाट कम्तिमा २४ जना अग्निसमन कर्मचारीको मृत्यु भएको छ । सिचुआन प्रान्तमा लागेको आगो निभाउन गएका ती आगलागी नियन्त्रण कर्मचारीको आगोमै जलेर मृत्यु भएको सन्चार माधयमहरुले जानकारी दिएकोछ ।

लियांगशान यीको जंगलमा शनिबार भिषण आगलागी भएको चाइना डेलीले जनाएको छ । हावाको दिशा परिवर्तन हुँदा आगो तिब्र गतिमा पैmलिएको समाचारमा उल्लेख गरिएको छ । उक्त डढेलो नियन्त्रणका लागि ६ सय ८९ जनालाई खताइएको स्थानिय अधिकारीहरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्