४ दिनमै टुट्यो निकोलसको चौथो विवाह, बिहेको प्रमाणपत्र लिएकै दिन सम्बन्ध विच्छेद



हलिउड सुपरस्टार निकोलस केजको जीवनमा यतिबेला कुनै पनि कुरा ठीक तरिकाले चलिरहेको छैन। हालै मात्र उनको चौथो विवाह ४ दिनमा नै सम्बन्ध विच्छेदमा बदलिएको छ।
निकोलसले केही दिनअघि मेकअप आर्टिस्ट एरीका कोइकको साथ विवाह गरेका थिए। तर विवाहको केही दिनपछि नै अचम्मको खबर पैmलियो। खबरअनुसार केवल ४ दिनमा उनीहरूले एक अर्कासंग सम्बन्ध विच्छेद गरेका छन्। जुन खबर सुनेर उनका फ्यानहरू हैरान हुँदै यसको कारण सोधिरहेका छन्।

यति छिट्टै विवाह तोड्नुका कारण बारे निकोलस र एरीकाले भने मुख खोलेका छैनन्। एजेन्सिका अनुसार विवाहको प्रमाणपत्र लिएकै दिन उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्।

५५ वर्षीय निकोलसले यसभन्दा अघि ३ पटक विवाह गरेका थिए। उनले सन १९९५ मा अभिनेत्री पेट्रिसिया अक्र्वेटसँग पहिलो विवाह गरेका थिए। २००१ मा उक्त विवाह टुटेपछि २००२ मा दोस्रो र २००४ मा तेस्रो विवाह गरेका थिए। सन् २०१६ मा तेस्रो सम्बन्ध विच्छेद गरेका उनको २८ वर्षीय छोरा पनि छन्।

प्रतिक्रिया दिनुहोस्