समलिंगी कथामा म्युजिक भिडियो



प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा घाइते मुटु बोलको लोकदोहोरी गीतको अडियो तथा म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

उक्त गीतमा चर्चित गायिका विष्णु माझी र सुरोज थापाको स्वर रहेको छ भने शब्द इन्द्रबहादुर दाहालले लेखेका हुन्।

वियोगान्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, सारिका केसी, मानव, सरस्वती, सरिता र सुमनले अभिनय गरेका छन्। प्रस्तुत गीतको भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी छिन्।

भिडियोमा दुई फरक प्रेमी–प्रेमीकाको कथालाई निर्देशकले अलग ढंगले प्रस्तुत गरेकी छिन्। भिडियोमा एकतिर समाजमा रहेका २ समलिंगी महिलाको प्रेम कथा देखाइएको छ भने अर्कोतिर यही प्रेमलाई सफल पार्ने क्रममा वियोग खेप्नुपरेको अर्को प्रेमी–प्रेमीकाको कथा प्रस्तुत गरिएको छ।

भिडियो हेर्दा कुनै सर्ट फिल्म हेरेजस्तो महशुस हुन्छ। बबिताले आफ्नो सृजनशीलताको प्रयोग गर्दै भिडियोमार्फत समलिङ्गी समाजका अमूल्य अंग भएकाले उनीहरूलाई समाजले बुझ्नुपर्ने सन्देश दिएकी छिन्। मुकेश हुमागाईंको छायांकन रहेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्