पर्सामा हुरी आतंकः न रह्यो गास न रह्यो बास (फोटोफिचर)



कृष्णउदास खनाल, वीरगन्ज ।
आइतबार राति सवा आठ बजे सबै खाना खाएर सुत्ने तरखरमा थिए । कोहीस् टिभी हेर्दै थिए कोही सुत्ने योजननामा थिए कोही ढिलो गरी खाना खाँदै थिए । राति एकैचोटी गाउँमा ठूलो आवाज आयो सबैको ध्यान आकाशतिर मात्रै के गएको थियो । एकैछिनमा गाउँमा ठूलो कोलाहार परिणत भयो ।

बाराको भलुही गाउँको कथा हो यो । यो झट्ट सूनदा कुनै फिल्मको कथानी जस्तो लागेपनि सत्य कथा नै थियो यो । निकै शान्त र सुनसान रहेको त्यो गाउँ एकैछिनमा कोलाहरमा परिणत भयो अनि घरभित्रै मानिस पुरिए ।

उद्दार गर्ने अवस्था पनि भएन स्थानीय राजेश रौनियारले बताए । बाराको प्रसौनाको भलही गाउँमा बसेभन्दा बढी हावाले क्षमति पु¥याएको छ । त्यही गाउँमा मात्रै मृत्यु हुनेको संख्या बढी देखिएको बाराका सरकारी अधिकारीहरुले बताएका छन् ।

त्यस्तै बारामा आइतबार राति आएको हावाहुरीबाट सबैभन्दा बढी क्षति फेटा गाउँपालिका ६ पुरइनियाँमा भएको छ । उक्त गाउँमा एकै परिवारका ४ जनासहित ११ जनाको मृत्यु भएको छ ।

इजहार मिया अंसारीकी श्रीमती मीना खातुन, बुहारी सतिमा खातुन र उनका दुई नातीनी सम्चिदा खातुन र रुक्सार खातुनको मृत्यु भएको हो । यस गाउँमा अहिले सुरक्षाकर्मीहरु भग्नावशेष पन्छाइरहेका छन् । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।

फोटोहरु

 

प्रतिक्रिया दिनुहोस्