आफ्नै हेलिकप्टर खसाले



इस्लामाबाद (एजेन्सी)
गत फेब्रअरी २७ मा दुर्घटनाग्रस्त भएको भारतिय हेलिकप्टर कुनै दुर्घटनाको सिकार भएको नभएर भारतिय सेनाले नै खसालेको पाकिस्तानले दावी गरेको छ ।

उक्त दुर्घटनामा ६ सैनिकको मृत्यु भएको थियो । भारतिय वायुसेनाको उक्त हेलिकप्टर प्राविधिक खराबीका कारण नभई भारतिय सेनाको क्षेप्यास्त्रबाट ध्वस्त भएको भारतिय सन्चार माध्यमले नै खुलासा गरेको पाकिस्तानी अखबार जंगले जनाएको छ ।

भारतिय सेनाले मारिनहरुको परिवार सदस्य र सम्पुर्ण भारतिय जनतालाई झुठो बोलेको भारतिय सन्चार माध्यमलाई उदृत गर्दै अखबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्