बाहिरी चक्रपथ निर्माणमा किन अलमल ?



व्यवस्थित र योजनाबद्ध विकास नहुँदा उपत्यका काठमाडौंको जीवनशैली अस्तव्यस्त बन्दै गएको छ । तीब्र शहरीकरणको कारण आवश्यक पर्ने पूर्वाधार समेत छैन् । सरकारले आधुनिक र व्यवस्थित शहरीकरणको नीति अगाडि सारे पनि काठमाडौं उपत्यका अत्यास लाग्दो शहरीकरणले भने निकै उकुसमुकुस बनाएको छ । सवारी साधन बढदे छ । सडकको चौडाइ बढन सकेको छैन् । लाखौ जनसंख्याको चाप थेक्दै आएको काठमाडौं उपत्यकाले यो चाप कहिलेसम्म थेक्ला ?

समयमा नै योजनाबद्ध रुपमा शहरी विकासको नीति नलिदा काठमाडौंका भित्री शहरमा न एम्बुेन्स जान सक्छ न आगलागी भएको अवस्थामा दमकल नै । न खुल्ला चौर छ, न शारीरिक व्यायम गर्ने थलो छ ।

सरकारले झण्डै १४ बर्ष अघि अस्तव्यस्त राजधानीले थप व्यवस्थित बनाउने र बढदो ट्राफिक जामलाई न्युनिकरण गर्ने मुख्य उदेश्य सहित उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिपुर छुने गरी बाहिरी चक्रपथ निर्माण गर्ने योजना अगाडि सारेको थियो । ७२ किलोमिटर चक्रपथ निर्माण गर्न डिपिआर पनि तयार भएको छ ।

सरकारले बाहिरी चक्रपथ आयोजनालाई प्राथमिकतामा पनि राखेको छ । पहिलो चरण अन्तर्गत चोभार–सतुङगल खण्डको ६.६ किलोमिटर सडक निर्माण गर्न मन्त्रीपरिषद्ले स्वीकृती पनि दिएको छ । तर मन्त्रीपरिषद्ले गरेको निर्णयमा पर्याप्त व्याख्या नभएको जिल्ला प्रशासन कार्यालयले अस्वीकार गरेपछि चक्रपथ निर्माणको फाइल पुनः सहरी विकास मन्त्रालयमा गएर थन्किएको छ । उपत्यका विकास प्राधिकरणले आठ महिना अघि नै आयोजना अगाडि बढाउनको लागि पेश गरेको फाइनको बारेमा अहिलेसम्म कुनै निर्णय नै हुन सकेको छैन् । सरकारले चक्रपथ निर्माण गर्दा ठूलो बजेट खचृ हुने भएकाले ल्याण्डुलिङ माफृत आयोजना अगाडि बढाउने नीति पनि लिएको छ ।

चोभार–सतुङगल खण्डमा पनि ल्याण्डपुलिङ मार्फत नै आयोजना अगाडि बढाउने गरी प्रक्रिया अगाडि बढाइएको छ । तर सहरी विकास मन्त्रालयबाट फाइल भने अगाडि बढन सकेको छैन् ।

काठमाडौं–तराई जोडन फास्ट ट्रयाक निर्माणको काम धमाधम भइरहेको छ । फास्ट ट्रयाकको डिजाइन नै बाहिरी चक्रपथमा ल्याएर जोडने भनिएको छ । यता बाहिरी चक्रपथ निर्माणको काममा भने अलमल र ढिलासुस्ती भएको छ । सरकारले कानुनी गाठो फुकाएर छिटो भन्दा छिटो बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्