कुलेन्द्रले ल्याए वियोगान्त गीत



पछिल्लो समय सालको पातमार्फत संगीतप्रेमीको मन जितेका गायक कुलेन्द्र विश्वकर्माले हालै मात्र अर्को वियोगान्त गीत ल्याएका छन्।
रु“दै रु“दै बसे बोलको गीतमा कुलेन्द्रलाई गायिका अनुजा पुडासैनीले साथ दिएकी छिन्।

गीतमा शब्द तेजन मल्ल र राम खत्रीको रहेको छ। गीतको म्युजिक भिडियोमा मोडलहरू बुद्धवीर थापा र सगुन शाही ठकुरीलगायतले अभिनय गरेका छन्। भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् भने प्रेममा परेका युवा जोडीबीचको मनमुटावलाई प्रस्तुत गरिएको छ।

शंकर शर्माको संगीत रहेको गीतको भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्