गान्धी डिभिजन र इएईई



ऊ बेलाको म्याट्रिक परीक्षा एसएसली हुँदै एसईईमा रुपान्तरण भएको छ । नतिजालाई समय सापेक्ष र इन्टरनेशनल स्ट्यान्डर्ड शैलीको बनाउन ग्रेडिङ स्टममा रुपमान्तरण गरिएको छ । तर परीक्षाका क्रममा दोहोरिने विकृति दुब्लाउला भन्या त झनै् झाङ्गिएको छ, झनै् मौलाइरहेको छ ।

समयले विज्ञान प्रविधिलाई पछ्याई रहेको छ । परीक्षासँग जोडिएको विकृति किन पछि पथ्र्यो, विकृतिले झनै मज्जाले प्रविधिलाई समात्या छ । प्रविधिले म्याट्रिक बेलाको विकृतिलाई सोझै डेट एक्सपाएर गराएको छ । चिट चोर्ने, चोराउने, परीक्षा भन्दा अघि नै प्रश्नपत्र आउट गर्ने मामलामा प्रविधि हिट छ । विद्यार्थीले गएगुज्रिएको भएर के भो त प्रविधिले उसको नतिजा एक्सिलेन्ट बनाइरा’छ । परीक्षामा राम्रोसँग फिट गराइरा’छ ।

तर फरक यही छ, ऊ बेलाको गान्धी डिभिजनले कलेज र जागिरमा राम्रैसँग फिट हुने हिम्मत राख्थ्यो यो मामलामा अहिलेको डिस्टिङसन राम्रैसँग धरमराउछ । अंग्रेजी शब्द एईईको पुरा रुपलाई नेपालीमा देख्ने वा हेर्ने भन्छन् क्यार त्यहि भएर अहिलेका विद्यार्थी परीक्षा अगावै प्रश्नपत्र हेर्न पाउछन् । त्यहि बुझेर हो क्यार उता प्रदेश नं २ तिर परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको खवर धमाधम आइरा’छ । अन्यत्रको पनि खवर भए पाऊ है पाठकवृन्द ।

प्रतिक्रिया दिनुहोस्