पैसाका लागि जे पनि गरौं



हिजो आज जताततै एउटै विषयले मानिसलाई आकर्षित गर्ने गरेको छ। त्यो हो पैसा। पैसाका लागि मानिसले हुने नहुने सबै काम गरेको पाइएको छ। हुन त यो पैसा भन्ने चिज नै बेइमानी चिज रहेछ भन्ने धरहराले आजकल ठम्याउन थालेको छ। जुन ठाउँमा गए पनि पैसाबाहेक अरू कुरा केही हुँदैन। सिनेमा हलदेखि घाटसम्म पैसाकै चर्चा हुने गरेको देख्छ धरहरा।

मान्छे कतिसम्म निर्दयी हुन्छ पैसाका लागि भन्ने उदाहरण धरहराले थुप्रै ठाउँमा देखेको छ। आफन्तको वियोगपछि मान्छे रोइरहँदा पनि घाटमा व्यापार गर्नेहरू भने मेरो पैसा दिनुस् न म जान्छु अब भनेर चर्की चर्की कराएको सुनेपछि धरहरालाई लाग्यो जीवनमा सबैभन्दा ठूलो चिज भनेको पैसा नै रहेछ। पैसा छ सबै कुरा हुन्छ, पैसा छैन केही कुरा हुन्न।

अब धरहराको सुझाव छ पैसाका लागि जे पनि गरौं। पैसाले सबै चिज पाउने भएपछि अरूको पछि किन लाग्ने? अरूको पछि लागेर काम पनि छैन। जे छ पैसामा छ, त्यतै लागौं अरू भनेका तपसिलका कुरा हुन्। कि कसो त पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्