व्यापारिक मार्ग निर्धारित समयमा पूरा नहुने



गोकुल घोरसाइने, बारा
सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा पर्ने वीरगन्ज–पथलैया ६ लेन सडक विस्तारले गति लिन नसक्दा निर्धारित समयमा आयोजना पूरा नहुने भएको छ। दुई वर्षभित्र विस्तार गरी सक्नुपर्ने सो सडक निर्माण कम्पनीहरूको ढिलासुस्तिले निर्धारित समयमा नै पूरा हुन नक्ने अवस्थामा पुगेको हो।

पछिल्लोपटक सडक विभागले थपेको ६ महिनाको समय सीमा पनि निर्माण कार्य सन्तोषजनक रुपमा अघि बढेको छैन। ३० महिनाभित्र पूरा हुने गरी भएको सम्झौता अनुसार निर्धारित समयमा सम्पन्न नभएपछि विभागले गत पुसमा महिनामा पहिलोपटक ६ महिनाको लागि समय थप गरेको थियो। देशको प्र्रमुख नाका वीरगन्ज र सुख्खा बन्दरगाहालाई पूर्व–पश्चिम राजमार्गको पथलैयामा जोड्ने सो सडक विस्तारको लागि २०७३ असार २९ गते सम्झौता भएको थियो। हाल दुई लेनको रहेको त्रिभुवन राजपथ र परवानीपुर सुख्खा बन्दरगाह सडक खण्डलाई छ लेनमा विस्तार गर्न लागिएको हो ।

सडक विभागले २७ किलोमिटरको सडक ६ वटा ब्लकमा विभाजन गरी भिन्दाभिन्दै कम्पनीलाइ्र्र ठेक्का दिएको छ। केही कम्पनीहरूले सन्तोषजनक काम गरे पनि अन्य केहीको ढिलासुस्तिले सन्तोषजनक रुपमा काममा हुन नसकेको योजनाका प्रमुख सञ्जय कुमार मिश्रले बताउनुभयो।‘६ महिना थप गर्दा पनि ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ, उहाँले भन्नुभयो–‘केही स्थानमा साइड खाली गराउने काम अझै बाँकी छ।’ योजना अन्तर्गत जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको १ किमी जंगल क्षेत्र खाली गराउन पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो।

पूर्व–पश्चिम राजमार्गको संगमस्थल पथलैयादेखि सिमरा बजारसम्मको करिब २ किलोमिटर क्षेत्रमा भने ९० प्रतिशत काम पूरा भएको छ। सडक विभागले प्याकेज नम्बर ४ अन्तरर्गत पथलैयादेखि सिमरास्थित सूर्य नेपाल इन्डष्ट्रिजसम्मको ४.५६ कि.मि ए.एम.आर÷कन्टेक जे.भीलाई ठेक्का दिएको छ भने सूर्य नेपालदेखि जीतपुरस्थित नेपाली सेनाको ब्यारेकसम्म पर्ने प्याकेज नम्बर ५ को ५.८ कि.मि शर्मा÷युनाईटेड बिल्डर्स÷दिवा निर्माण सेवा र नेपाली सेनाको ब्यारेकदेखि परवानीपुर जक्सनसम्म प्याकेज नम्बर ६ को ५.१६ कि.मि ए.एम.आर÷कन्टेक जे.भीले ठेक्का पाएकोे छ।

त्यसै गरी परवानीपुर जक्सनदेखि ट्राइपोर्ट गण्डक नहरसम्म प्याकेज नम्बर १ को ३.९२ कि.मि ए.एम.आर÷पप्पु÷कन्टेक र ट्राईपोर्ट गण्डक नहरदेखि सिर्जना पेट्रोल पम्प मनिहारीसम्म ३.५ कि.मिको २ नम्बर प्याकेज श्रेष्ठ÷बिरुवा÷एपेक्स जे.भी तथा प्याकेज नम्बर ३ मनिहारीदेखि आई.सि.पीसम्म ४.१ कि.मि सडक विस्तारको ठेक्का पप्पु÷लुम्बिनीले पाएका छन्। आयोजनाअन्तर्गत ३ मध्ये लालका पुल निर्माणको जिम्मा इलाईट÷एस.बी.ए.जे.भी र सिर्सिया नदीको दुई वटा पुल भने लुम्बिनी÷मृत सञ्जिवनी जे.भीको जिम्मा दिइएको छ। त्यस्तै नालाको ढक्कन बनाउने टेण्डर पनि ए.एम.आर÷कन्टेक जे.भीले नै पाएको छ।

सडक विस्तार आयोजनाअन्तरर्गत प्याकेज नम्बर ४ र ६ को ठेक्का लिएको ए.एम.आर कन्टेक जे.भीका प्रबन्धक गौरव सिंहले विद्युत्, वन, पेट्रोलियम पाइपलाइन र जीतपुर बजारबासीका कारण निर्माण कार्यमा अवरोध पुगेको बताउनुभयो। उहाँले पटकपटक हुने योजना प्रमुख परिवर्तनले पनि विस्तार कार्य प्रभावित बनेको र समयमै काम सम्पन्न गर्न नसकेको समेत बताउनुभयो। योजना प्रमुखको बारम्बारको सरुवाले रकम निकासा ढिलो हुने गरेको र काममा समस्या बेहोर्नु परेको निर्माण कम्पनीहरूको भनाइ छ।

मुलुकको कुल आयातको ५० प्रतिशत भन्दा बढी वस्तु आयात हुने वीरगन्ज नाका जोडने सडक विस्तारमा हुँदै आएको ढिलासुस्तीले ढुवानी साधनले हाल समस्या बेहोर्नु परेको व्यवसायीहरूको गुनासो छ। विस्तारको क्र्र्रममा सडकमा लामो समयदेखि बनेका खाल्टाखुल्टी र धुलो धुवाँले सवारी साधन चलाउन कठिनाइ हुने र दुर्घटनाको जोखिम समेत बढेको उनीहरू बताउनछन्।

प्रतिक्रिया दिनुहोस्