भिडियोमा कति सुन्दर



देशभक्ति भावले ओतप्रोत कति सुन्दर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाको प्रमुख आतिथ्यमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीत पुरुष र महिला स्वर गरी दुई भर्सनमा उपलब्ध छ। दुवै भर्सनमा छुट्टाछुट्टै म्युजिक भिडियो तयार गरिएको छ। महिला भर्सन शिला विष्ट अलीले गाएकी छन् भने मेल भर्सनमा नरेन्द्र प्यासीले गाएका छन्।

महिला भर्सनमा अभिनय रजनी केसीको छ। उनी नेपाल परिवार नियोजन संघ कास्की शाखा उपसभापति पनि हुन्। पुरुष भर्सनमा दिनेश कु“वर र सोनी ढुंगानाको अभिनय रहेको छ। गीतमा शब्द र संगीत चन्द्रज्योति ढुंगाना, एरेन्ज उदयराज पौडेल, छायांकन रवि कोइराला, सम्पादन सहिल खान र निर्दैशन चन्द्रज्योति ढुंगानाकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्