‘महोत्सव ३५ औं हस्तलकला नगरीको प्रस्थान बिन्दु हो’



निर्मलरत्न शाक्य
वडाअध्यक्ष ललितपुर महानगरपालिका– १६

वल्ड क्राफ्ट काउन्सिलले गत कार्तिक २८ गते ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरेको थियो । यही अवसरमा ललितपुर महानगरपालिका– १६ ले आयोजित कला तथा सांस्कृतिक महोत्सव बुधबार शुरु भएको छ ।पा“च दिनसम्म चल्ने सो महोत्सव, कला र संस्कृतिको संरक्षणमा स्थानीय तहको भूमिका बारे केन्द्रीत गर्दै ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष एवं हस्तकला महोत्सव मूल समारोह समितिका संयोजक निर्मलरत्न शाक्यसंग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले लिएको अन्र्तवार्ताको सम्पादित अंश

० वडाले नै कला र संस्कृतिको महोत्सव किन आयोजना गर्नुभएको हो ?
यस ललितपुर महानगरपालिका– १६ ललितपुरको कला तथा संस्कृतिको महत्वपूर्ण हिस्सा रहेका छ । करिब १० हजार जनसंख्या रहेको यस वडामा ६० प्रतिशत भन्दा बढी वडाबासीहरु हस्तकलालाई मुख्य पेशाका रुपमा अगा“ल्दै आएका छन्् ।यस अवस्थामा कला नगरीको घोषणाले ल्याएको अवसरलाई सदुपयोग गर्नेतर्फ घचघच्याउन महोत्सव आयोजना गरेको हो ।

० महोत्सव आयोजना गर्नु वडाको दायित्व अन्र्तगत पर्छ र ?
यो महोत्सव कुनै व्यापारिक महोत्सव होइन । वडाभित्रको संस्कृति, कलालाई प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद –३ मा वडा समितिको काम कर्तव्य र अधिकारमा ऐतिहासिक, पुरात्तात्विक, सांस्कृतिक तथा धार्मिक महत्वको सम्पदाको संरक्षण गर्ने, भाषा, संस्कृतिको विकास गर्ने उल्लेख गरिएको छ ।महोत्सव गर्नुको पछाडि यसको मर्म पनि मनन गरेका छौं ।

वडाले पैसा कमाउन महोत्सव गर्न लागेको पनि होइन ।जनताले सकिनसकि कमाएर तिरेको राजस्व यहा“को संस्कृति, हस्तकला प्रर्वद्धन गर्न खर्च गर्न लागेको हो । फेरी हामी कहा“ विकास भनेको ढल निर्माण, बाटो बनाउने, ढुंगा छाप्ने मात्र हो भनेर विकासलाई बु्झ्ने हेर्ने परम्परावादी सोच छ । त्यसले वडाबासीको सशक्तिकरण, सोचको विकासलाई पुरै नकार्ने गर्दछ । बाटो खन्ने, पुर्नेकार्यले वडाबासीको सशक्तिकरणमा गुणात्मक परिर्वतन ल्याउ“दैन । यद्यपि बाटो निर्माण लगायत पूर्वाधार पनि आवश्यक छ । महोत्सवलाई यस दृष्टिले हेर्नुपर्दछ ।

० महोत्सवको नाउ“ नै कला र संस्कृति किन राख्नुभएको हो ?
कलाको नगरीको घोषणालाई कला र संस्कृतिको आयामबाट हेर्ने खोजेका छौं । त्यसैले महोत्सवको नाउ“ कला तथा सांस्कृतिक महोत्सव राखेका होैं । हस्तकला क्षेत्रले एकातिर मुलुकको अर्थतन्त्रमा योगदान दिइरहेको छ भने अर्कोतिर यसले कला, संस्कृति, इतिहास, परम्परा, पहिचानलाई संरक्षण गरिरहेको छ ।

महोत्सवको आयोजना गर्नुको मुख्य उद्देश्य के के हुन् ?
पुस्तौदेखि गर्दै आएको व्यवसाय अहिले संकटमा रहेको छ । नया“ पुस्ताको आर्कषण क्रमशः कम हु“दै जानु, बजार प्रर्वद्धनको अभाव, कलाकार र तिनको सीपलाई राज्यको तर्फबाट उचित मान्यता नदिनु, विदेशी कालिगढको अतिक्रमण लगायतले ती पेशाहरु संकटमा परेका छन् । यस्तो अवस्थामा सो घोषणाको अर्थ के हुन्छ ? घोषणापछि के हुने हो ? अहिले सबैतिरबाट यस्तो प्रश्न उठ्न थालेको छ । यस विषयमा बहस चलाउने महोत्सवको मुख्य उद्देश्य हो ।

स्थानीयस्तरमा उत्पादित हस्तकला र कालीगढहरुलाई प्रर्वद्धन गर्न महोत्सव आयोजना गरेका हौं । यस वडालाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न लक्ष्य रहेको छ । महोत्सव लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम हो ।यस वडालाई धातुकला, सुन र चा“दीको कलात्मक सामग्री बनाउने, पौभा चित्र बनाउने, काष्ठकला र प्रस्तरकलाको केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना छ ।

क्राफ्ट सिटीको घोषणालाई कालिगढ र हस्तकला व्यवसायीहरुले कसरी लिएका छन् ?
पुस्तौंदेखि हस्तकलाका व्यवसाय अगा“ल्दै आएका कालिगढहरुमा घोषणाले उत्साहको सञ्चार गराएको छ । क्राफ्ट सिटीको घोषणापछि यहा“का ऐतिहासिक सम्पदाको संरक्षण र सम्र्वद्धनका लागि ठोस काम गर्ने अवसर आएको छ । यहा“ उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने, कालिगढहरुको लागि तालिम वा प्रशिक्षण केन्द्र, बजार प्रर्वद्धन लगायत गतिविधिहरु तीब्र गतिले हुने नगरवासीहरुले अपेक्षा गरेका छन् ।

पुस्तौंदेखि हस्तकलाका व्यवसाय अगा“ल्दै आएका कालिगढहरुमा घोषणाले उत्साहको सञ्चार गराएको छ ।हस्तकलाको विकास, कालिगढ प्रर्वद्धन, कालिगढले भोग्नुपरिरहेको समस्या समाधानका लागि ठोस नीति, योजना र कार्यक्रम बन्नेमा कालिगढहरुले विश्वास लिएका छन् । वडावासी यही भावना, चाहनामा टेकेर यस महोत्सव तय गरिएको हो । हस्तकला नगरी घोषणा भए अनुरुप आवश्यक कार्यहरु बृहतस्तर अघि बढाउनुपर्ने खा“चो रहेको छ ।

० अवसरलाई सदुपयोग गर्न कार्ययोजना बनिसकेको छ कि छैन् ?
नेपाल हस्तकला महासंघको लामो पैरवीपछि ललितपुर महानगरलाई कला नगरी घोषणा गरेको हो ।यसमा ललितपुर उद्योग वाणिज्य संघको पनि महत्व साथ रह्यो ।

३५ औं घोषणापछि यहा“का ऐतिहासिक सम्पदा मूलतः मठ, मन्दिर, स्तुप, चैत्य विहार एवं सत्तलहरुको संरक्षण र सम्र्वद्धनका लागि ठोस काम गर्ने अवसर आएको छ ।संस्कृति,सम्पदालाई पर्यटक उद्योग प्रर्वद्धनसंग जोडेर अघि बढाउनुपर्ने बेला आएको छ ३५ औं हस्तकला नगरीको घोषणाले ल्याएको अवसरको बढीभन्दा बढी सदुपयोग गर्नुपर्दछ । यही दिशामा अघि बढ्न हस्तकला तथा सांस्कृतिक महोत्सव दीर्घकालीन लक्ष्यको एउटा प्रस्थान बिन्दु मात्र हो ।

घोषणालाई औपचारिक रुप दिन ललितपुर महानगरपालिको भूमिका निर्वाह गरेको छ ।महानगरपालिकाले भर्खरै एक समिति बनाएको छ । कार्ययोजना बनाउन बा“की छ । यस अवस्थामा घोषणालाई ल्याएको अवसर, चुनौती, विषयमा बृहत बहस, छलफलका गर्दै महानगरपालिकालाई टेवा पु¥याउन यस महोत्सव आयोजना गरेका हौं ।

० महोत्सवले संस्कृति संरक्षणमा कस्तो टेवा पु¥याउ“छ ?
वडाले यहा“का सम्पदा,संस्कृतिको संरक्षणलाई उच्च प्राथमिकता दि“दै आएको छु । वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य रहेको छ । ३५ औं घोषणापछि यहा“का ऐतिहासिक सम्पदा मूलतः मठ, मन्दिर, स्तुप, चैत्य विहार एवं सत्तलहरुको संरक्षण र सम्र्वद्धनका लागि ठोस काम गर्ने अवसर आएको छ ।

संस्कृति,सम्पदालाई पर्यटक उद्योग प्रर्वद्धनसंग जोडेर अघि बढाउनुपर्ने बेला आएको छ ३५ औं हस्तकला नगरीको घोषणाले ल्याएको अवसरको बढीभन्दा बढी सदुपयोग गर्नुपर्दछ । यही दिशामा अघि बढ्न हस्तकला तथा सांस्कृतिक महोत्सव दीर्घकालीन लक्ष्यको एउटा प्रस्थान बिन्दु मात्र हो ।

० महोत्सवलाई लिएर सरोकारवालाहरुले के कस्तो प्रतिक्रिया आइरहेको छ ?
महोत्सवलाई सफल बनाउन ललितपुरका उद्यमी व्यवसायी, हस्तकला व्यवसायी, महिला समूह, पर्यटक व्यवसायी ,सहकारी कर्मी, जनप्रतिनिधिहरुसंगको छलफलले क्राफ्टको सिटीको बहसलाई घरघरमा पु¥याएर यस बारे जनमत तयार गर्ने कार्य गरेको छ । यसले घोषणा अनुरुप काम गर्न सबैको सहभागिता र सबैले स्वामित्व लिन सक्ने वातावरण तयार गरेको छ ।

० क्राफ्ट सिटीको घोषणाको औचित्य सिद्ध गर्न के के गर्नुपर्दछ ?
यस विषयमा सचेतना फैलाउन महोत्सव आयोजना गरेको हो । अहिलेसम्म घोषणाको अर्थ के हो ? घोषणले ल्याएको अवसर र चुनौती बारे बृहत छलफल भएको छैन । यस दिशामा वडाले गरेको महोत्सव एउटा पहलकदमी हो ।
अहिलेसम्म छलफलमा आएका विषयहरुमा ३५औं कला नगरीको घोषणा अनुरुप उपलब्ध सम्भावनालाई मूर्त रुप दिन ललितपुरमा उत्पादित हस्तकलाजन्य उत्पादनहरुलाई विशेष संकेत पेटेन्ट, कपीराइटको व्यवस्था मार्फत यहांका हस्तकलालाई संरक्षण र प्रवद्र्धन गर्नु पनि कुराहरु उठेको छ । यसले कला नगरीमा उत्पादित सामग्रीको ब्राण्डिङ गर्ने अवसरको ढोका उद्यमी व्यवसायीहरुलाई खोलिदिने विश्वास लिन सकिन्छ ।

० घोषणा मर्म अनुरुप थप के, के कामहरु अघि बढाउनुपर्ने खा“चो छ ?
ललितपुरमा कार्यरत हस्तकला व्यवसायीहरु तथ्याङ्क, कालिगढहरुले भोग्नुपरिरहेको समस्या, चुनौती, बजारको माग, हाल उत्पादन भईरहेका सामग्री बारे बृहत अनुसन्धान गर्नुपर्ने खा“चो छ । दोस्रो बुबहाललाई चांदीको फिलगिरी कला, धातुकला व्यापार, काष्ठकला, प्रस्तरकला, पौभा चित्र, पौराणिक चित्रकला लगायत सांस्कृतिक सम्पदा र जीवनशैली विस्तारै लोपोन्मुख रहेको छ ।यस अवस्थाप्रति चिन्तित छौं ।

ती क्षमता र अनुभवहरूको मूलप्रवाहीकरण, बजारीकरण, सबलीकरण, संस्थागत र संगठित बनाउ“दै पर्यटकीय दृष्टिकोणबाट आधुनिक व्यवस्थापन गर्न आवश्यक देखिन्छ । यस कार्यका लागि सरकार, स्थानीय तहले पनि आवश्यक वित्तीय, कानूनी र प्रोत्साहनमूलक विशेष सुविधाहरूको व्यवस्था हुनु आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्