ब्रेक्जिट मतदान



लन्डन (एजेन्सी)
बेलायतका सांसदहरु ब्रक्जिटका विभिन्न विकल्पमाथि बुधकार मतदान गर्ने जनाइएको छ । बेलायतकी प्रधानमन्त्री टेरिजा मेको ब्रेक्जिट सम्बन्धी सम्झौतालाई संसदले यसअघि दुई पटक अस्विकार गरिसकेको छ ।

सरकारले ब्यवस्थित ब्रक्जिट सुनिश्चित गर्नका लागि बिहिबार तेस्रो पटक यस सम्झौतालाई पेश गर्न सक्ने अनुमान गरिएको छ । यो हप्ता सम्झौत पारित भएमा बेलायत मे २२ मा ईयुबाट अलगिने छ र त्यसतो हुन नसकेको अवस्थामा बिना सम्झोता अप्रिल १२ मा ईयु छोड्नु पर्ने युरोपेली युनियनका नेताहरुले बताएका छन् । बेलायतका सांसदले ब्रक्जिट प्रक्रियामा ठुलो भुमिका निर्वाहका लागि सोमबार मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्