सम्मेलन कि महायज्ञ ?



निकै ठूलो तयारीका साथ भोलीदेखि काठमाडौंमा लगानी सम्मेलन शुरु हुँदैछ । सरकारले पटक–पटक चुल्है निम्तो बाढेपछि विभिन्न मुलुकका वरिष्ठदेखि कनिष्ठ पाहुना काठमाडौं आउनेक्रम शुरु भएको छ । सरकारकै कुरो पत्याउने हो भने विभिन्न ४० मुलुकका ६ सय भन्दा बढी विदेशी र ३ सय भन्दा बढी स्वदेशी एक ठाम आमने सामने हुँदैछन् ।

यो जमघटमा विभिन्न १२ समझदारीपत्र र सम्झौतामा हस्ताक्षर गराउन सरकार होमवर्कमा जुट्या छ । हस्ताक्षर त होला तर प्रतिवद्धता अनुसारको दाम पनि दनादन आउँछ त, भन्ने प्रश्न धरहरालाई मात्र होइन सम्मेलनबारे चासो लिने धेरैलाई भा’छ । भूकम्पपछिको दाता सम्मेलनमा पनि राम्रै दाम आउने कुरो छिनोफानो भा’थ्यो क्यार तर खैं दामको खाम अहिलेसम्म नेपाल भित्रिया छैन ।

त्यसैले दाता आउँदैमा दान आउने रै’छ भन्ने कुरो यसअघि नै पुष्टी भा’छ । विदेशीलाई मात्र के दोष देखाउनु, नेपालकै कुरो गरम न, सामाजिक कार्यका लागि लगाइने महायज्ञमा ‘यति दिन्छु’, ‘उती दिन्छु’ भन्नेहरुको लर्को बाक्लै हुन्छ । तर यज्ञ सकिएको दुई चार महिना त के दुई चार वर्षपछि पनि दाताले बोल्या रकम नद्या उदाहरण कति छन् कति ।

‘अगुल्टाले हान्या कुकुर बिजुली चम्कँदा तर्सिन्छ’–खै के भा हो धरहरा यही पुरानो उखान सम्झएर बेला मौकामा राम्रैसँग झस्किन्छ । कतै सम्मेलन महायज्ञझै हुने त हैन ?

प्रतिक्रिया दिनुहोस्