पार्टीको कार्यकर्ता होइन, सिनेमाको अभिभावकका रूपमा काम गर्नेछु



केशव भट्टराई
अध्यक्ष, चलचित्र विकास बोर्ड

चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेलले राजीनामा दिएपछि रिक्त पदमा सरकारले अभिनेता तथा निर्माता केशव भट्टराईलाई नियुक्त गरेको छ। नेपाल विद्युत् प्राधिकरणको लेखा अधिकृतको जागिरे तथा नेपाल चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष रहेका भट्टराईले प्राधिकरणमा सात वर्ष सेवा अवधि बा“की रहे पनि जागिर र पदाधिकारी दुवैबाट राजीनामा गरी सोमबार बोर्ड अध्यक्षको पदभार ग्रहण गरेका छन्। ३ दशक लामो अभिनय र फिल्म निर्माणको यात्रापछि बोर्ड अध्यक्ष भएका भट्टराईस“ग नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले गरेको कुराकानी यहा“ प्रस्तुत छ ः

प्राधिकरणको जागिर छोडेर बोर्डको अध्यक्ष हुनु र जागिरमै रहनु कुनचाहि“ फाइदाजनक होला?
फाइदाजनक भन्दा पनि जागिर मेरो जीवन बा“च्ने आधार थियो। तर यो अवसर पाउ“दाखेरि जागिरलाई भन्दा चलचित्र उद्योगलाई नै पहिलो प्राथमिकता दिऊ“ भनेर यहा“ आएको हु“। अहिले चलचित्र क्षेत्रका लागि काम गर्न सक्ने अवसर छ। एक त म राष्ट्रिय चलचित्र नीतिको ड्राफ्टदेखि बसेको छु। २०२६ सालमा बनेको चलचित्र ऐनको नियमावली यादव खरेल चलचित्र विकास बोर्डमा जानुभएपछि बल्ल बन्यो। यो हिसाबले हामीले काम गर्ने धेरै सपना बुनेको हो। तर ऐन कानुनको अभावमा केही पनि काम गर्न नसक्ने अवस्था थियो।

म साथीहरूलाई अनुरोध गर्नेवाला छु। मलाई केही समयका लागि फिल्मको मुहूर्त, स्वागत सम्मान गर्ने कार्यक्रममा अतिथि वा प्रमुख अतिथिका रूपमा नबोलाइदिनुहोला। कुनै महत्वपूर्ण कार्यक्रम जहा“चाहि“ सरकारको उपस्थिति अनिवार्य भयो भने अवश्य जान्छु।

बोर्डको अध्यक्षका लागि मैले आफूलाई उपयुक्त उम्मेदवार ठानेको र सरकारले पनि पत्याउने अवस्था भएको कारणले मैले जागिरलाई प्राथमिकता दिइन“। त्यसैले प्राधिकरणबाट राजीनामा दिएको हो। राजीनामा नदिई सेकेन्ड क्लासका बोर्ड सदस्यका अगाडि म अध्यक्ष हुनुहु“दैन, स्वतन्त्र चलचित्रकर्मीका रूपमा जानु उपयुक्त हुन्छ भनेर राजीनामा दिएको हु“।

बोर्डबाट कस्ता काम गर्ने योजना छ?
मुख्य कुरा त सधैंभरि लौ न यो राष्ट्रिय नीतिलाई कार्यान्वयन गराइदेऊ भनेर यसभन्दा अगाडिका अध्यक्षलाई धेरै प्रेसर गरेका थियौं। या त उहा“हरूले यो नीतिको महŒव बुझ्नुभएन या उहा“हरूले गर्न जान्नुभएन कि भ्याउनुभएन थाहा छैन। मेरो पहिलो एजेन्डा भनेको धेरै अगाडि धेरै मेहनतका साथ बनाएको राष्ट्रिय चलचित्र नीतिलाई जति सक्दो चा“डो कार्यान्वयन गर्न पहल गर्नु हुनेछ। राष्ट्रिय चलचित्र नीतिलाई नै बेस गरेर कतिपय चिजहरू बोर्डले नै गर्न सक्ने छन्, कतिपय कुराहरू मन्त्रालयले गर्नुपर्नेछ र कतिपय कुराहरू कानुनमै सम्बोधन गर्नुपर्ने छन्। म अध्यक्ष हुनुभन्दा पहिल नै चलचित्र विकास बोर्ड र सञ्चार मन्त्रालयले चलचित्र ऐनको खाका तयार पारेको छ। म त्यहा“ पुगिसकेपछि त्यसलाई जति सक्दो चा“डो फाइनल गरेर संसद्सम्म पु¥याउने पहल गर्छु र सिनियर चलचित्रकर्मीहरूको साथ लिएर जति सक्दो चा“डो पारित गर्न पहल गर्छु।

अहिले सरकारले श्रमजीवी वर्गका लागि जुन चिज अगाडि बढाएको छ, त्यसमा श्रमजीवी चलचित्रकर्मीहरूलाई डाइरेक्ट लिंक गर्न सकि“दैन होला। किनभने हाम्रो र उनीहरूको क्राइटेरिया फरक छ। अहिले कुनै चलचित्रकर्मी बित्दाखेरी घाटको पैसा उठाउनुपर्ने अवस्था छ। श्रमजीवी चलचित्रकर्मीको अवस्था सुधार गर्नका लागि बोर्डबाट के गर्न सकिन्छ, अन्तरआत्मादेखि लाग्छु। बक्स अफिसको एजेन्डा हाम्रो धेरै पुरानो एजेन्डा हो। गत साउनदेखि काठमाडौंमा लागू भए पनि अहिले बक्स एकातिर अफिस एकतिर छ। काठमाडौंबाहिर चैत महिनादेखि लाइभ गर्ने भनेको, चैत पनि जान लाग्यो। यसलाई तदारुकताका साथ अगाडि बढाउ“छु। दुई वर्षदेखि रोकिएर रहेको राष्ट्रिय चलचित्र पुरस्कारको काम छ, त्यो कामलाई यथाशीघ्र अगाडि बढाउ“छु। दीर्घकालीन र अल्पकालीन धेरै कामहरू छन्, जसको १६ ओटा बु“दा मन्त्रालयमा प्रिजेन्टेसन गरेको थिए“। सरकारले दोलखामा चलचित्र नगरीको काम अगाडि बढाएको अवस्था छ। त्योचाहि“ अलि दीर्घकालीन नै रहनेछ।


अल्पकालीन भनेकोचाहि“ काठमाडौंको पेरीफेरीमा सुटिङस्थलको खा“चो छ। त्यसका लागि पहल गर्छु। कार्यकालको समय २ वर्षको छोटो छ र यसबीचमा गर्नुपर्ने कामहरू धेरै छन्। चलचित्र उद्योगले ममाथि गरेको आशा र भरोसा छ। अहिले शुभ कामनाका शब्दहरू आउ“दाखेरी बोझ बढेको छ। यसका साथै मेरा केही महत्वपूर्ण योजनाहरू छन्। ती योजनाका बारेमा मन्त्रीज्यूस“ग बस्छु र छलफल गर्छु। चलचित्र क्षेत्र र भए भरका संस्थाका पदाधिकारीको साथ मन्त्रीज्यूलाई राखेर एकदिन कार्ययोजनाका बारे र मलाई गर्नुपर्ने सहयोगका बारेमा गोलमेच सम्मेलन गर्ने योजना राखेको छु।

चलचित्र क्षेत्रलाई हेर्ने छुट्टै निकायका रूपमा बोर्ड चाहियो भनेर लामो आन्दोलन भएपछि बोर्ड गठन भयो। तर चलचित्र क्षेत्रको विकासचाहि“ हुन सकेन। किन होला ?
मूल कुरा चलचित्र विकास बोर्ड त गठन भयो। तर बोर्डचाहि“ सञ्चार मन्त्रालयको एउटा शाखाका रूपमा मात्र र≈यो। यसको स्वायत्त अधिकार कहिल्यै भएन। यादव खरेल दाइ पहिलो अध्यक्ष हु“दा उहा“ले बोर्डलाई स्वायत्त गर्नका लागि नियमावली र ऐनको ड्राफ्ट गर्नुभयो तर उहा“ बाहिरिएपछि त्यतातिर कसैको ध्यान गएन। बोर्ड आफंमा स्वायत्त हुनुप¥यो र यसले कार्यान्वयन गर्न सक्ने कानुनहरू बन्नुप¥यो। यी चिजहरूको अभावमा बोर्डले काम गर्न सकेको छैन। बाहिर हु“दा सपना ठूला देखिन्छन्।

तर यहा“ गइसकेपछि नियम कानुनको अभावमा मान्छेले केही पनि गर्न सक्दैन। अहिले राष्ट्रिय नीति पनि पास भइसकेको र ऐनको ड्राफ्ट भइसकेको अवस्था भएकाले मलाई लाग्छ अबको केही महिनापछि बोर्ड स्वायत्त हुनेछ। त्यसपछि धेरै काम गर्न सकिन्छ। मैले केही गर्न सकिन“ भने पनि भोलिका दिनमा आउने अध्यक्षका लागि प्रशस्त बाटोहरू बनाइदिन्छु।

बोर्डमा गइसकेपछि पार्टीबाट दबाब पनि आउ“छ। तपाईं पार्टीको दबाबबाट अगाडि बढ्नुहुन्छ कि चलचित्रकर्मीको सुझावअनुसार काम गर्नुहुन्छ?
म अहिले एउटा विधिबाट सेलेक्सन भएको हु“। यसमा पार्टीको सहयोग पनि र≈यो होला त्यो अर्कै कुरा हो। तर खुला प्रतिस्पर्धाबाट एक नम्बरमा आएको हु“। चलचित्र क्षेत्रमा ३० वर्षको अनुभव र मैले गरेको कार्ययोजनालाई त्यो कमिटीले उत्कृष्ट ठानेर नै मलाई पठाएको हो। त्यसकारण म बोर्डमा गइसकेपछि कुनै पार्टीको राजनीतिक कार्यकर्ता नभई समग्र चलचित्रकर्मी र उद्योगको अभिभावकका रूपमा रहनुपर्छ भन्ने कुरा मलाई अनुभूति छ। त्यही अनुसार गर्नेेछु। भर्खरै बोर्डमा पद बहाली गर्दै छु। बोर्ड बुझ्नलाई समय लाग्छ। त्यो पछि मलाई त्यहा“को ऐन कानुनले कति काम गर्न दिन्छ।

केशव भट्टराई अडान लिन सक्दैनन् भन्नेहरू पनि छन्। बोर्डमा आइसकेपछि कत्तिको अडिग रहनुहुनेछ?
मैले धेरै वर्ष संघसंस्थाको पोलिटिक्समा बिताए“। मेरो अडानले कति काम गरेको छ भन्ने कुरा सबैलाई थाहा छ। तर एग्रेसिभ हुनु र ठूलाठूला भाषण गर्नु मात्र अडान होइन। केशव भट्टराईले काम गर्न सक्छ सक्दैन भन्ने कुरा बोर्डमा गएपछि मूल्याकंन गर्ने कुरा होे। चलचित्र क्षेत्रमा मैले जति वर्ष बिताएको छु र जति काम गरेको छु, तपाईंहरूले पनि मूल्यांकन गर्नुभएको होला। चलचित्र उद्योगको हितको विषयमा मेरो दह्रो अडान रहनेछ।

तपाईं एक्टर अनि निर्माता पनि। बोर्डमा अध्यक्ष भएर जानुभएको छ। तपाईंको कार्यकालभरिचाहि“ सिनेमा बनाउने अथवा अभिनय गर्ने काम हुन्छ कि ह“ुदैन?
म साथीहरूलाई पनि अनुरोध गर्नेवाला छु। मलाई केही समयका लागि फिल्मको मुहूर्त गर्ने, स्वागत सम्मान गर्ने कार्यक्रममा अतिथि वा प्रमुख अतिथिका रूपमा नबोलाइदिनुहोला। कुनै महत्वपूर्ण कार्यक्रम जहा“चाहि“ सरकारको उपस्थिति अनिवार्य भयो भने अवश्य जान्छु। तर जहा“ सरकारको उपस्थिति जरुरी छैन र चलचित्रकर्मीको मात्र उपस्थिति खा“चो छ भने सकभर अभोइड गर्छु।

मेरो उद्देश्य नै बढीभन्दा बढी बोर्डलाई समय दिऊ“ र यो क्षेत्रकै लागि काम गरौं भन्ने हुनेछ। म कुनै ठाउ“मा उभिएर भाषण गरेर र मिडियामा छाएर मात्र म ठूलो मान्छे बन्दिन“। मैले धेरै काम गर्नु छ र चुनौती प्रशस्त छन्। त्यसैले मलाई कार्यक्रममा नबोलाइदिनुहोला। मेरो निर्माण कम्पनी र अन्य दुई कम्पनी टाई अप भएर फिल्म यात्रा निर्माण गरेका छौं। त्यो ग्रुपबाट सिनेमा बन्न सक्छ। तर प्रत्यक्ष संलग्नता रह“दैन र यसबीचमा कुनै पनि फिल्म वा विज्ञापनमा काम गर्ने छैन।

 

प्रतिक्रिया दिनुहोस्