बालिका करणी गर्नेविरुद्ध मुद्दा दर्ता



भद्रपुर, (नेस)
१४ बर्षीया बालिकालाइ जबरजस्ती करणी गरेको आरोपमा एकजना बृद्ध पक्राउ परेका छन् । झापा हल्दीबारी गाउँपालिका वडा नम्बर २ की १४ बर्षीया बालिकालाइ सोही वडाका ६५ वर्षीय राजेन्द्र अधिकारीले जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बलात्कार गर्ने अधिकारीलाइ आइतबार राती साढे नौ बजे हल्दीबारी प्रहरी टोलीले पक्राउ गरेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए । पक्राउ परेका अधिकारीमाथि मुद्दा दर्ता गराइ पीडित बालिकाका परिवारलाई थप अनुसंन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उनले बताए ।

बलात्कारको घटना मिलाउन वडासदस्य सहित स्थानीय केहीले आर्थिक चलखेल गरेको स्रोतले जनाएको छ । पीडित परिवारलाई दवावसहितको आर्थिक चलखेलमा पारी घटना मिलाउन खोजिएको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हुनसक्ने स्रोतको दाबी छ । पीडक अधिकारीबाट मोटो रकम लिएको र पीडितलाई केही रकम दिएर घटना मिलाउन खोजेको जनाइएको छ ।

घटनाका बारेमा प्रहरीले पीडित र परिवारसँग सुक्ष्म अनुसन्धान गरिरहेको हल्दीबारी प्रहरी चौकीका असइ कुमार खड्काले बताए । घटना मिलाउने तीन जनालाइ पक्राउ गरि अनुसन्धानमा दोषी ठहरिए कारबाही हुने प्रहरीले जनाएको छ । उनिहरु हाल सम्पर्कविहीन रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्