शिक्षक संगठनको आपत्ति



डोटी, (नेस)
शिक्षा बिकास तथा समन्वय ईकाई डोटीका प्रमुख अनन्त कुमार पौड्याल माथी भएको अबद्र ब्यवहारको शिक्षक संगठनले आपत्ती जनाएका छन् । कार्यकक्षमा काम गरिरहेको बेला प्रमुख माथी आइृतवार भएको घटनाको सम्बन्धमा प्रेस बिज्ञप्ती जारी गरेर दोशी माथी कडा कारवाहीको माग गरीएको छ ।

घटनाका सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीलाई भेट्न गएको शिक्षकहरुको एक टोलीले दोषीलाई कानुनी कारवाहीमा नल्याए कडा सँघर्षका कार्यक्रम तय गर्ने बताएको छ । कार्य कक्षमै यस्तो र्दुब्यवहार गर्नुले कुनै पनि कर्मचारी सुरक्षित नभएको स्पस्ट भएकोले दोशी कुनै पनि बहानामा उम्किन नहुने नेपाल शिक्षक महासंघका सह–अध्यक्ष बलबहादुर विष्टले बताउनुभयो ।

नेपाल शिक्षक महासंघका सह–अध्यक्ष बलबहादुर विष्ट, नेपाल राष्ट्रिय शिक्षक सँगठनका अध्यक्ष गणेशबहादुर कठायत र एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामबहादुर ऐर द्धारा जारी बिज्ञप्तीमा कपोकल्पीत, भ्रामक तथा नितान्त पुर्वाग्रह साँध्नका लागि यस्तो घटना गरिएको उलेख्ख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्