विप्लव समूहका भेरी कर्णाली अध्यक्ष पक्राउ



कालिकोट, (नेस)
तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धीजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले सोमबार गते पक्राउ गरेको छ । गस्तीमा गएको प्रहरी टेलिले खाँडाचक्र नगरपालि –६ दाहाँबाट शाहीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीबाट जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी विनोद शर्माले जनाएको छ ।

यसका वारेमा विप्लव नेकपाका कालिकोट जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपले शाहीसँग देखाइएको विष्फोटक पदार्थ प्रहरीले फसाउनको लागि भएको वताएका छन् । साथै पक्राउ परेका शाही जनसरकार प्रमुख नभएको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्