ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन सुरु



काठमाडौँ, (नेस) ।
ग्रामीण स्वास्थ्यकर्मीहरुको तीनदिने दशौं सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमनको संयुक्त तत्वावधानमा सुरु भएको उक्त सम्मेलनको उद्घाटन उप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गर्नुभयो ।

नेपालजस्तो भौगोलिक, आर्थिक, सामाजिक रुपमा कठीन ग्रामिण स्वास्थ्यमा मा निक साइमनले पु¥याउँदै आएको सहयोगको प्रशसा गर्दै उहाँले भन्नुभयो– अमेरिकी नागरिक जीम र मालिन साइमनले आफ्नो छोराको नेपाली जनताको स्वास्थ्य सेवाप्रतिको भावनाको सम्मान गर्दै ग्रामिण भेगका नेपालीलाई आफ्नो छोरा जस्तै गरि निस्वास्र्थ भावनाले माया गरेर सेवा दिनु प्रशसनीय कार्य हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र प्रसाद यादवले निक साइमनले मातृ शिशुका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्नुभयो ।
उहाँले तत्काल २ सय ४७ वटा अस्पताललाई स्थानिय तहमै बढाउने र आगामी बर्ष ७ सय ५० भन्दा बढी स्वास्थ्य संस्थालाई अपग्रेड गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले पनि संघीयताको मोडलअनुसार स्थानिय स्तरमा ७ सय ५० भन्दा माथी अस्पताल चलाउने सरकारी परिकल्पना रहेको भनाइ दोहो¥याउनुभयो ।

उक्त अवसरमा रौतहटको हेल्थ पोष्ट तथा बर्थिङ सेन्टरकी अहेब मिरा धिताललाई उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा पुरस्कृत गरिएको थियो । उहाँले २०७१ सालमा पहिलोपटक रौतहटमा अनमि नियुक्त हुँदाको अनुभव सुनाउनुभएको थियो ।

अमेरिकी नागरिक निक साइमनको बिक्रम संवत २०३० सालमा दुर्घटनामा परि मृत्यु भएको थियो । उहाँका बाबुआमाले उहाँकै चाहनाअनुरुप नेपालको ग्रामिण क्षेत्रमा महिला स्वास्थ्य सुधारका लागि काम गर्ने निधो गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्