परीक्षा केन्द्रमा सेनेटरी प्याड



रोल्पा, (नेस)
परिक्षाको समयमा महिनावारी व्यवस्थापन नहुदा मानसिक र शारिरीक समस्याले परिक्षाको परिणाममा प्रभाव पार्न सक्ने भन्दै रोल्पाका सवै परिक्षा केन्द्रमा सेनेटरी प्याड वितरण गरिएको छ ।

सेभ द चिल्ड्रेनको समन्वयमा शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाले जिल्लाका १७ वटा परिक्षा केन्द्रमा उक्त प्याड वितरण गरेको हो । जिल्लाभर रहेका परिक्षा केन्द्रका लागि १ हजार सेनेटरी प्याड वितरणका लागी सहयोग गरेका छौ सेभ द चिल्ड्रेन रोल्पाका प्रतिनिधि दिलकमल क्षेत्रीले भने । महिनावारीले परिक्षालाई प्रभावित नगरोस भनेर यस्तो सहयोग गरेका हौ क्षेत्रीले भने । प्याड व्यवस्थापन संगै परिक्षाको समयमा महिनावारी हुने छात्राले समेत ढुक्क संग परिक्षा दिन सक्छन क्षेत्रीले भने ।

महिनावारी व्यवस्थानका लागि सेनेटरी प्याड नुहदा छात्राहरुमा मनोवैज्ञानिक प्रभाव देखियो शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख दानवहादुर गुरुङले भने । सेनेटरी प्याडका अतिरिक्त हरेक परिक्षा केन्द्रमा आधारभूत स्वास्थ्य तथा प्राथमिक उपचारको समेत व्यवस्था गरिएको गुरुङले जानकारी दिए ।

रोल्पा जिल्लावाट यस वर्षको एसइइ परिक्षामा साधारण र प्राविधिक धार समेत गरि८१ विद्यालयका ३ हजार ५२६ परिक्षार्थी सम्मिलित भएको शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्