‘सुधारसहितको एकता’



सर्लाही, (नेस)
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन नेतृत्वदेखि नै सुधारको आवश्यकता रहेको बताउनु भएको छ । सोमवार सर्लाहीको ईश्वरपुरमा आयोजित नेपाल महिला सङ्घको कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टी भित्र सुधारसहितको एकताको आवश्यकता रहेकाले अब नेतृत्व त्यसतर्फ लागि पर्नु पर्ने बताउनुभयो ।

न्यायालयमा निष्पक्षता र पारदर्शीता नभएकाले नागरिकले सहि तरिकाले न्याय पाउन नसकेको भन्दै सबैलाई निष्पक्ष भएर व्यवहार गर्न आग्रह गर्नुभयो । नेकपाको सरकारले जनचाहना अनुसारको विकासको काम गर्न नसकेको बताउदै, विकासका योजना संचालन गर्दा पक्षपात गरेको आरोप लगाउनुभयो। उहाले गाउँमा नागरिक चन्दा आतंकबाट पीडित हुदा समेत सरकाले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले पत्रकार सोम दियाली माथि भएको साङ्गघातिक हमलाको भत्र्सना गर्दै घटनामा संलग्नलाई तत्कालै पक्राउ गरि कार्वाही गर्न माग गर्नुभयो ।उहाले घटना भएको महिनै दिन बितिसक्दा समेत आक्रमणमा संलग्न ब्यक्तिलाई कार्वाही नगरेर सरकारले उल्टै संरक्षण गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्