अबैध सुन सहित पक्राउ



काठमाडौं(नेस) । त्रिभुबन अन्तर्रा्ष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियामा अबैध रुपमा संकलन गरी लैजान लागेको अन्दाजी ४९ ग्राम सुन र कतारी रियाल ७ सय ४० सहित धनुषा जनकपुर उपमहानगरपालिका(७ घर भएका धिरज महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महतले अबैध रुपमा संकलन गरी लैजान लागेको उक्त सुन तथा कतारी रियाल सहित विमानस्थलमा खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो ।
महतोलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्