माली गाउँ आक्रमणमा १ सय ३० मारिए



ओगोस्सागोउ,(एजेन्सी)
परम्परागत दोगोन शिकारी पोशाक पहिरिएका शसस्त्र मानिसहरुले मालीको मध्यभाग स्थित एउटा गाउँमा आक्रमण गरी १ सय ३० जना भन्दा बढि व्यक्तिको ज्यान लिएको सरकारी सुरक्षा सुज्ञले जनाएको छ ।

बिहान सवेरै मोप्ती क्षेत्रको ओगोस्सागोउका थुप्रै घर भित्र छिरेर रक्तपात मच्चाउनु अघि बन्दुक बोकेका तिनीहरुले गाउँलाई पूर्ण रुपमा घेरावन्दि गरेका थिए ।

तिनीहरुले जिहदीहरुसंग सम्बन्ध रहेको आरोप लगाइएका फलानी जातिय समुदायका सदस्यहरु माथि लक्षित आक्रमण गरेका थिए । संयुक्त राष्ट्र संघका राजदुतहरु बढ्दो हिँसाको विषयमा छलफ लगर्न मालीमा भेला भइरहेकैबेला यो आक्रमण भएको हो ।

सुरक्षा परिषद मिशनले मध्य मालीमा जिहादी लडाकुहरुबाट रहेको बढ्दो खतरा टाल्ने विषयमा प्रधानमन्त्री सोउमेलोउ बोउबेय माइगासंग भेटवार्ता गरेको छ । एकजना स्थानिय सुरक्षा अधिकारीले ति गाउँलेहरुलाई गोली हानेर र धारिलो हतियार प्रयोग गरेर मारिएको एसोसियटेड फ्रान्से प्रेसे समाचार निकायलाई बताएका छन् ।

प्रत्यक्षदर्शीहरुले पनि सो गाउँका झण्डै सम्पुर्ण झुपडीहरु जलाइएको एएफपिलाई बताएका छन् । नजिकैको गाउा आएन्कोरोका मेयर चेइक हारोउना सान्कारेले यसलाई आम नरसंहारको संज्ञा दिएका छन् । लामो समय देखि दागोन शिकारी र फुलानी गोठालाहरुबिच पानी र भुमिको विषयलाई लिएर द्वन्द्व चल्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्